हरियोखर्क अस्पतालमा मनाइयो बिश्व कुष्ठरोग दिवस
पाेखरा | माघ १३, २०८१
पोखरा: पोखरामा रहेको आई एन एफ नेपाल हरियोखर्क अस्पतालमा ७२ औँ विश्व कुष्ठरोग दिवस एक कार्यक्रमको आयोजना गरि मनाइएको छ । ‘एकताबद्ध भई कुष्ठरोग अन्त्यको कार्यमा सहभागी हौ’भन्ने मूल नाराको साथमा ७२ औँ विश्व कुष्ठरोग दिवस मनाइएको हो ।
कार्यक्रममा बोल्दै आई एन एफ नेपलका कार्यकारी निर्देशक कृष्ण बहादुर अधिकारीले आई एन एफको संक्षिप्त इतिहासको बारेमा बताउदै,कुष्ठरोग नियन्त्रण र रोकथामको लागि अस्पताल लागि परेको बताए । अधिकारीले नेपाल सरकारको शून्य कुष्ठरोग रणनीतिप्रति अस्पताल प्रतिबद्ध रहेको र चुनौतीका बाबजुत पनि सबैको साथ, सहयोग र साझेदारी मार्फत त्यो लक्ष्यमा पुग्न सकिने विश्वास व्यक्त गरे ।
पोखरा महानगरपालिकाका वडा १५ का वडा अध्यक्ष तोरण बहादुर बानियाँले रोग नियन्त्रणको लागि दुरदराज सम्म पुगेर जनचेतना फैल्याउन आवश्यक रहेको बताए ।वडा अध्यक्ष बानियाँले रोग नियन्त्रण र उपचारमा अस्पतालले खेलेको भुमिका महत्वपूर्ण रहको उल्लेख गरे ।
प्रदेश स्वास्थ्य निर्देशनालयका क्षय कुष्ठ फोकल पर्सन गीता कुंवरले अझै पनि विश्वभर कुष्ठरोगबाट धेरै व्यक्ति प्रभावित भएको बताउदै, यसलाई नियन्त्रण गर्न सरकार तथा सबै सरोकारवाला निकायले तत्काल पहल र प्रतिबद्धता गर्न आवश्यक रहेको बताइन् ।
स्वास्थ्य कार्यलय कास्कीका प्रमुख रामबहादुर नेपालीले कुष्ठ रोगको चुनौति झनै बढ्को बताउदै न्युनिकरण,नियन्त्रण गर्न तिनै तहका सरकार, गैरसरकारी सस्था र समुदायको भूमिका महत्वपूर्ण रहको बताए ।
आई एन एफ नेपालका कुष्ठरोग कार्यक्रम संयोजक याम बहादुर जिसीले अस्पतालले रोगको क्षेत्रमा गरेका कामहरुको बारेमा जानकारी दिएका थिए ।
कार्यक्रममा आई एन एफ नेपालका मेडिकल सर्भिसेज डाइरेक्टर डा.अरुण कुमार बुढा ,स्वास्थ्य कार्यलय कास्कीका क्षय कुष्ठ फोकल पर्सन लक्ष्मण बसौला,स्वास्थ्य महाशाखा प्रमुख भरतराज पौडेल,स्वास्थ्य महाशाखा क्षय कुष्ठ फोकल पर्सन अर्जुन क्षेत्री,कुष्ठरोग निवारण संघ पोखराका अध्यक्षय सुवास तज्या,आइडिया नेपालका गण्डकी प्रदेश प्रमुख प्रेम वास्तोला, आई एन एफ नेपालका प्यासेन्ट एड्भोकेट थम बहादुर गुरुङ,डा सुरज महर्जन लगाएतले बोेलेका थिए ।
कार्यक्रममा आई एन एफ नेपालका कर्मचारी तथा अस्पतालमा उपचारारत सेवाग्राहीहरुको उपस्थिति रहेको थियो ।
यस्तै उक्त अस्पतालमा उपचाररत रहेका क्षयकुष्ठका बिरामीहरुलाई न्यानो कपडा पनि बितरण गरिएको थियो। मानव सभ्यताकै प्राचीन रोगहरु मध्येको कुष्ठरोग, विश्व स्वास्थ्य संगठनका अनुसार हाल पनि विश्वका १२० भन्दा बढी देशमा संक्रमण पाईने गरेको तथा वर्षेनी करिब २ लाख मानिसमा यो रोग देखिने गरेको छ । अस्पतालले हरेक बर्ष यो अवसर पारेर कार्यक्रम गदै आइरहेको छ ।
म्याग्दी प्रहरीले एक युवकको हत्या आरोपमा २२ वर्षीय प्रकाश विकलाई पक्राउ गरेको छ । उनीविरुद्ध म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाका २४ वर्षीय सौरव विकको हत्या गरेको आरोप छ । हत्य...
पोखरा २७ मा सञ्चालित त्रिवेणी इन्टरनेशनल कलेजले आयोजना गरेको रक्तदान कार्यक्रममा ६४ युनिट संकलन भएको छ । कार्यक्रममा पोखरा महानगरपालिका २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले पहिलो रक्तदाता पोखर...
लेखनाथ: एनआइएमबी बैंकले पोखरा महानगरपालिका २६ स्थित सिर्जना बहिरा आवासिय माध्यामिक विद्यालयका १ सय ८१ बालबालिकालाई आईतबार पोशाक वितरण गरेको छ । संस्थागत सामाजि...

