शिक्षाको गुणस्तर अभिवृद्धिमा प्रदेश सरकार प्रतिबद्ध: मन्त्री थापा
पाेखरा | माघ १६, २०८१
पोखरा: गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले शिक्षाको गुणस्तर अभिवृद्धिमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
बुधबार पोखराका छुट्टाछुट्टै तीन विद्यालयको वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रममा उनले शिक्षाको गुणस्तर अभिवृद्धि तथा पूर्वाधार विकासमा प्रदेश सरकारले ध्यान पुर्याउँदै आएको बताएका हुन् ।
मन्त्री थापाले पोखरा–९ नयाँबजारस्थित महेन्द्र मावि, पोखरा–१६ छहरेपानीस्थित ज्ञानज्योती मावि तथा पोखरा–२२ पुम्दिभूम्दिस्थित शुक्रराज माविको वार्षिकोत्सव समारोहमा प्रमुख अतिथिका रुपमा सहभागि हुँदै शिक्षालाई समृद्धिको आधारका रूपमा अघि बढाउन आवश्यक रहेको बताए ।
“विद्यार्थीहरूको उत्साह, शिक्षकहरूको समर्पण र अभिभावकहरूको साथ देख्दा नेपाली शिक्षाको उज्ज्वल भविष्य प्रति अझ आशावादी बन्ने अवसर मिल्यो। गण्डकी प्रदेश सरकारले शिक्षाको गुणस्तर अभिवृद्धि र पूर्वाधार विकासमा निरन्तर काम गरिरहेको छ”, उनले भने ।
प्रदेश सरकारले घोकन्ते विद्या भन्दा पनि सीपमुलक शिक्षामा जोड दिएको भनाई उनको छ । सिक्दै कमाउँदै, अभिभावक शिक्षा, फ्राइडे फर फ्युचर जस्ता महत्वपूर्ण कार्यक्रमले विद्यालयमा विद्यार्थीको आकर्षण बढाउने उनले उल्लेख गरे । उदाहरणीय सामुदायिक विद्यालयको उदाहरण प्रस्तुत गर्दै मन्त्री थापाले व्यवहारिक शिक्षा आजको आवश्यकता रहेको उल्लेख गरे ।
“पोखराका कतिपय विद्यालयहरुमा व्यवहारिक शिक्षा प्रदान गरिरहेको देखियो । जुन आजको आवश्यकता हो । हरेक विद्यालयमा अब व्यवहारिक शिक्षाको खाँचो छ । विद्यार्थीलाई नैतिक शिक्षा प्रवाह गरि जीविकोपार्जनमा सहज बनाउने बाटो तर्फ विद्यालय केन्द्रित हुन आवश्यक छ ।”, उनले भने ।
मन्त्री थापाले विद्यालय प्रशासनलाई सफल कार्यक्रमका लागि बधाई दिँदै सम्पूर्ण विद्यार्थीलाई उज्ज्वल भविष्यको शुभकामना समेत व्यक्त गरेका छन् ।
तीन विद्यालयमा आयोजित वार्षिकोत्सव समारोहमा विद्यार्थीहरूले विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो भने विद्यालयका प्रगतिबारे जानकारी गराइएको थियो ।
स्थानीय जनप्रतिनिधि, अभिभावक, शिक्षक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको कार्यक्रममा शिक्षाको प्रवद्र्धन तथा शिक्षासँग सम्बन्धित विभिन्न विषयमा वक्ताहरुले बालेका थिए ।
तनहुँ । गाउँ पर्यटनलाई आर्थिक उपार्जन र रोजगारीको मुख्य स्रोत बनाउने उद्देश्यका साथ तनहुँको बन्दिपुरमा ‘गाउँ पर्यटन मेला २०८३’ आयोजना हुने भएको छ । नेपाल पर्यटन बोर्ड...
पोखरा: ५ करोड बढीको कारोबार गर्दै १४ औं राष्ट्रिय हेमजा आलु महोत्सव शनिबार सकिएको छ । गत २७ चैतबाट सुरु उक्त महोत्सवको अन्तिम दिन शनिबारसम्म त्यहाँबाट ३६ लाख बढीको आलु बिक्री भएको छ...
पोखरा । तमु जातिको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक उद्गमस्थल मानिने ‘क्होला सोँप्री ट्हो’ को प्रवद्र्धनका लागि तमु प्ये ल्हु संघ युकेले विशेष भ्रमण तथा अन्वेषणमा निस्कने भएको छ । ...

