महाकुम्भमा दुर्घटना: मृतकका परिवारलाई पच्चिस लाख

काठमाडाैं | माघ १८, २०८१

महाकुम्भमा दुर्घटना: मृतकका परिवारलाई पच्चिस लाख

भारतको प्रयागराजमा जारी महाकुम्भ मेलामा भएको भागदौडमा मृत्यु हुनेका परिवारलाई जनही २५ लाख भारतीय रुपियाँ क्षतिपूर्ति दिइने भएको छ ।

 

बुधबार झिसमिसे बिहानमा मौनी औँसीमा अमृत स्नान गर्न सङ्गमस्थल जाने क्रममा भागदौड मच्चिँदा ३० जनाको मृत्यु भएको थियो ।

 

अझै केही व्यक्ति हराइरहेका छन् । घटनामा ६० भन्दा बढी मानिस गम्भीर घाइते भएका छन् । भारतीय सञ्चार माध्यमले जनाए अनुसार मृतकमध्ये २५ जनाको सनाखत भएको छ । 

 

ङ्गमस्थलमा प्रमुख स्नानमा रोक लगाइए पनि वरपर स्नान गर्नेको भिड नथामिँदा भागदौड मच्चिएको थियो । भिड अस्तव्यस्त हुँदै एकअर्कामाथि हामफाल्दै कुद्न थालेपछि च्यापिएर मानिसको मृत्यु भएको जनाइएको छ । उद्धार टोलीले घाइते तीर्थयात्रीको उद्धार गरेका थिए । 

 

एक सय चवालिस वर्षमा महाकुम्भ

 

यो वर्षको महाकुम्भ मेला १४४ वर्षमा आउने अद्भुत ग्रह तथा नक्षत्रहरूको सङ्गमका बिच भएको मानिन्छ ।

 

त्यसैले पनि यस वर्षको महाकुम्भलाई विशेष मानिएको छ । यहाँ नेपाल, भारतलगायत विश्वभरका हिन्दु धर्मावलम्बी अमृत स्नान गर्र्दै रोगव्याधी, पापमोचनलगायत कष्ट मेटाउने उद्देश्यका साथ स्नानका लागि जाने गरेका छन् । 

 

आकाशमा सात वटै ग्रह एक लहरमा आउने क्रम चलिरहेकाले यो अवसरमा अमृत निस्कने धार्मिक मान्यता रहिआएको छ ।

 

हिन्दु धार्मिक कथन अनुसार समुद्र मन्थन गर्दा उत्पन्न हुने अमृतको घडालाई कुम्भ भनिन्छ । अमृत पिएर अमर हुने लालसामा देव र दानवको सङ्ग्राम भएको मानिन्छ ।

 

 नेपाली तीर्थयात्रुको घुइँचो

 

प्रयागराजमा नेपालबाट मात्र ५० लाख बढी तीर्थयात्री पुगेका अनुमान छ । जनकपुरधामस्थित जानकी मन्दिरका महन्त रामरोशन दासको नेतृत्वमा महाकुम्भमा नेपाली श्रद्धालुका लागि विशेष स्थान निर्माण गरिएको छ । त्यस्तै अन्य महन्तले पनि आफू अनुकूलको सहयोग नेपाली तीर्थालुलाई उपलब्ध गराएर बस्नेखाने व्यवस्था मिलाएका छन् । 

  

चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ ।   कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

थप पढ्नुहोस्

पोखरा —चङ्गा प्रोडक्सनको आयोजनामा पोखरा रङ्गशालाको कभर्ड हलमा सम्पन्न ‘चङ्गा अल–स्टार फुटसल २०२६’ प्रतियोगितामा टिम प्याराडाइम च्याम्पियन बनेको छ ।   फाइनल खेलमा टिम क्रियटरलाई...

थप पढ्नुहोस्

पोखरा —प्रोडक्सनको क्षेत्रमा लोकप्रिय तथा चर्चित चङ्गा प्रोडक्सनले पोखरा रङ्गशालाको कभर्ड हलमा आगामी शुक्रबार आयोजना गर्ने “चङ्गा अल–स्टार फुटसल २०२६“ प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ...

थप पढ्नुहोस्