स्याङ्जामा स्कारपियो दुर्घटना हुँदा ५ जना घाइते
स्याङ्जा | माघ २२, २०८१
स्याङ्जा: स्याङ्जामा स्कारपियो दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । प्रहरीका अनुसार आज बिहान वालिङ नगरपालिका– १४ तमादीस्थित वालिङ–पर्वत कच्ची सडकमा ग१च ८९१३ नम्बरको स्कारपियो दुर्घटना भएको हो।
दुर्घटनामा वालिङ नगरपालिका– १४ का ६३ वर्षीय उमापति डुम्रे, ५२ वर्षीय भीमप्रसाद डुम्रे, ७८ वर्षीय कोषकान्त डुम्रे, पर्वत पैंयु गाउँपालिका– ६ की ३३ वर्षीया कुमाकला तिवारी र उनका ११ वर्षीय छोरा कमल तिवारी घाइते भएका छन्।
घाइतेहरूको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचार भइरहेको छ। स्कारपियोमा सवार आठ मध्ये तीन जना सकुशल रहेको प्रहरीले जनाएको छ।
काठमाडौं: आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...
मुस्ताङ: यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...
काठमाडौं: नेकपा (एमाले) को ११ औं महाधिवेशनबाट निर्वाचित हुनुभएका पदाधिकारी तथा सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । महाधिवेशनले सामयिक राजनीतिक प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ। भक्...

