कोटिहोमका नाममा काटिएका काठदाउरा पोखरा महानगरद्वारा जफत (तस्बिरहरु)

पाेखरा | माघ २३, २०८१

कोटिहोमका नाममा काटिएका काठदाउरा पोखरा महानगरद्वारा जफत  (तस्बिरहरु)

पोखरा:  पोखरा महानगरपालिकाले कोटिहोमका नाममा पोखराका सडक र चौताराका रुखबिरुवा काटेर जम्मा गरिएका काठदाउरा बुधवार जफत गरेको छ । 


लेकसाइडस्थित नेपाल ट्रस्टको जग्गामा थुपारिएका काठदाउरा नगर प्रहरी निरिक्षक पुरुषोत्तम थापाको नेतृत्वमा गएको टोलिले  जफत गरेको हो।


नगर प्रहरी निरिक्षक पुरुषोत्तम थापाले मानव सेवा फाउन्डेसनले पोखरामा कोटिहोम चलाउने भन्दै पोखराका सडक तथा चौताराका रुख बिना स्वीकृति काटेको बताए । 

 


ऐतिहासिक एवं महत्वपूर्ण चौतारा तथा सडकका रुख ठुटो बनाएपछि महानगरको पनि चर्को आलोचना भइरहेको छ । रुखका हाँगाविगा सबै काट्दा पनि केही नगरेर महानगरले मौन स्वीकृति दिएको भन्दै सरोकारवालाले आलोचना गर्दै आएका छन् ।

 

 

 

 

 

 

काठमाडौं:    निर्वाचन आयोगले ‘निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका’ सार्वजनिक गरेको छ । ‘निर्वाचन शिक्षा तथा सूचनाको विस्तार स्वतन्त्र र निष्पक्ष निर्वाचनक...

थप पढ्नुहोस्

काठमाडौं:  भदौ २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोगले अर्को तत्कालिन प्रधानमन्त्री र गृहमन्त्रीलाई बयानमा बोलाउने तयारी गरेको छ । यसबारे आयोगले आज प्रधानमन्त्री शुसीला कार्कीलाई जानकारी गराएको छ । ...

थप पढ्नुहोस्

काठमाडौं:  बुधबार बिहानदेखि सुरु भएको नेकपा (एमाले)को ११ औं महाधिवेशनको मतदान प्रक्रिया सम्पन्न भएको छ ।  कुल २२६३ प्रतिनिधिमध्ये ३६ जना अनुपस्थित हुँदा २२२७ मत खसेको छ । निर्वाचन आयोगक...

थप पढ्नुहोस्