रोजगार मेलामा भेटिए मदन ‘छैनन् बुवा–आमा, छैन जागिर’
पाेखरा | साउन १४, २०७९
पोखरा: लक्ष्मीप्रसाद देवकोटाद्वारा लिखित मुनामदन, नेपाली साहित्यमा तहल्का मच्चाएको एउटा खण्डकाव्य । जहाँ मुनालाई छोडेर मदन ल्हासा गएको कथामा विवेचना गरिएको छ ।
अहिले पनि पैसा र पारिवारिक सुखका लागि कैौं मदनहरु विदेसिएका छन् । नेपाल सरकारको तथ्याङ्कले वार्षिक ६० लाख युवा मुग्लान पस्ने गरेको देखाउँछ । विदेसिने युवाहरुको संख्या भन्दा कम छैन, स्वदेशमै रोजगारीको खोजी कुद्नेहरु संख्या पनि ।
सरकारसँग बेरोजगारी युवाको ऐकिन तथ्याङ्क हुनुपर्छ । तर कति दक्ष जनशक्ति र बेरोजगार छन् भन्ने तथ्याङ्क गण्डकी प्रदेश सरकारसँग भने छैन ।
यद्यपि तथ्याङ्क संकलनमा थप टेवा पुग्ने उद्देश्यसहित गण्डकी प्रदेशको शिक्षा संस्कृति विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयले पोखरामा तीनदिने ‘वृत्ति परामर्श तथा रोजगार मेला’ सम्पन्न ग¥यो । उक्त मेलामा कैयौं मदनहरु सहभागी थिए । तिनै मदनहरु मध्येका एक हुन् मदन नेपाली । उमेरले भर्खरै एक बीस पार गरे ।
उमेरले कलिलै भएपनि जिम्मेवारीले थिचेको छ । पोखरा महानगरपालिका २३ का मदन उच्चशिक्षा सकेर जागिरको खोजीमा छन् । प्रदेश सरकारले पहिलोपटक आयोजना गरेको रोजगार मेलामा भेटिएका उनले, ‘मलाई प्लम्बिङ् आउँछ । मैले सीप विकास तालिम केन्द्रमा सिकेको हुँ, सुनगाभा न्यूजसँग बोल्दै भने, ‘तालिमपछि कहिलेकाही मामासँग काम गर्दै आएको छु ।’
‘म उमेरमा ८ वर्ष पुग्दै थिए अचानक बाबा विदेश जानुभयो तर बिदेश गएपछि कुनै खवर पाउन सकिएन नेपाल त फर्किनुभयो तर साथमा अर्कै बिहे गरेर फर्किए’ मदन भन्छन् ।
२१ वर्षीय मदनको जीवनमा अर्काे बज्रपात प¥यो जब आमालाई क्यान्सर भयो । ११ कक्षा पढ्दाताका भरतपुर क्यान्सर अस्पतालमा उपचारका दौरान आमाको पनि मृत्यु भयो । त्यसयता उनका काँधमा परिवारकोसमेत जिम्मेवारी थपिएको छ ।
‘घरमा भाई, हजुरबुबाआमा, काका–काकी हुनुहुन्छ, भाईलाई पढाउने जिम्मेवारी सँगै विस्तारै परिवारको जिम्मेवारी आफ्नै काँधमा आउन थालेको छ’ उनले दुखेसो पोखे । सीप विकास केन्द्रमा प्लम्बरको तालिम लिए तालिमा प्रथम पनि भए तर जागिर पाउन नसकेको उनले सुनाए । तत्काललाई जुनसुकै काम भए पनि गर्न तयार रहेको मदन बताउँछन् ।
‘सपना हजारौ थिए, खोजी जागिरको हो’ उनले भने । भाईलाई पढाउने जिम्मेवारीसँगै आफुले पनि पोखरामा काम गर्दै स्नातक तहको अध्ययन गर्ने सपनाका साथ मन्त्रालयले सञ्चालनमा ल्याएको एपमा फर्म भर्न उनी रोजगार मेला पुगेका हुन् ।
गण्डकी प्रदेशका सामाजिक विकास मन्त्रालयले ‘तालिम तथा रोजगार व्यवस्थापन सुचना प्रणाली’ (टिइएमआइए) नामक एप्लिकेसनबाट जागिर खोज्न र कर्मचारी रोज्न एप सञ्चालनमा ल्याएको छ ।
उक्त एपमा ४ वटा विद्याका व्यक्तिहरुले आफ्नो बायोडाटा भर्न सक्छन् । सो एपमा सीपमुलक तालिम लिन चाहने, रोजगारीको खोजीमा, रोजगारदाता र सीप परिक्षण गर्न चाहनेहरुको लागि छुट्टाछुट्टै अनलाइन फर्मको व्यवस्था गरिएको र यस एफले जागिर खोज्ने र रोजगारदाताले दक्ष कर्मचारी रोज्ने दरिलो माध्यम हुने अपेक्षा मन्त्रालयले गरेको छ । ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा अर्थमन्त्री स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्। चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा खुला पुरुषतर्फ उपसभापति पदमा उनीबाहेक अरूको उम्...
फिफा विश्वकप २०२६ मा उपाधि दाबेदार ब्राजिलले लगातार दोेस्रो जित निकालेको छ। तेस्रो जित निकाल्नेक्रमा उसले बिहीबार स्कटल्याण्डलाई ३–० ले हरायो। ब्राजिलले पहिलो खेलम मोरक्कोसँग १...
पोखरा पर्यटन परिषद्को आयोजनामा २१ औँ असारे रोपाइँ महोत्सव आगामी १४ गते हुने भएको छ । पोखरा महानगरपालिका ३० लेखनाथमा “पोखरा सबै मौसमका लागि” भन्ने मूल नाराका साथ कृषि पर्यटनको प्र...

