समृद्ध समाजका लागि सकारात्मक चिन्तन जरुरी
काठमाडाैं | साउन १४, २०७९
काठमाडौँ: समृद्ध समाजका लागि सकारात्मक चिन्तन आवश्यक पर्ने भएकाले त्यसका लागि समाजका अगुवाहरूले सही र प्रगतिशील विचार प्रवाह गर्नुपर्नेमा जोड दिइएको छ । ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय क्षेत्रीय कार्यालय बुटवलले आज आयोजना गरेको कार्यक्रमका वक्ताहरूले समाजमा हिंसा र अशान्ति बढिरहेकाले यसलाई नियन्त्रण गरी शान्त एवं समृद्ध समाजका लागि सकारात्मक विचार आवश्यक रहेको बताउनुभयो ।
सतविचारबाटै सतमार्गमा हिँड्न सकिने धारणा बताउँदै बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डेले भन्नुभयो, “सयमा ९९ काम राम्रो गरे पनि एउटा काम नराम्रो भयो भने त्यही नराम्रो कामको चर्चा हुन्छ । सकेसम्म हाम्रो असल आचरण र व्यवहारका साथ काम गर्नुका साथै विचार फराकिलो बनाएर अघि बढ्नुपर्छ ।”
सो उपमहानगरका उपप्रमुख सावित्रादेवी अर्यालले सकारात्मक सोच लिएर अगाडि बढ्न सके शान्ति र समृद्धि छाउने विश्वास व्यक्त गर्नुभयो । “हामीले आफ्नो भूमिका निर्वाह गर्दा सकारात्मक सोच राखेर जनताका बीचमा जान सके नगर सुन्दर बन्छ । हामी आवेसमा आउँदा हामीलाई नै समस्या हुन्छ”, उहाँले भन्नुभयो ।
ब्रहमाकुमारी ईश्वरीय विश्वविद्यालयका क्षेत्रीय प्रमुख कमला दिदीले सबै जनप्रतिनिधिले सकारात्मक सोचका साथ काम गर्ने हो भने उपमहानगर नमूना बन्ने बताउनुभयो । “तपाईँहरू पाँच वर्षलाई चुनिएर आउनुभएको छ, चुनौती धेरै छ । जनताको आशा धेरै छन् । हामी आफ्नो पदमा रहँदा सकारात्मक विचार आवश्यक छ । कहिलेकाहीँ जनता रिसाएर आउँदा तपाईँहरू पहिले सुन्नुस् अनि मुस्कुराएर बोल्न सुरु गर्नुस्”, उहाँले भन्नुभयो ।
उहाँले क्रोध गर्न शक्ति नचाहिने तर सहन शक्ति चाहिने भएकाले कुनै पनि कुराको सामना हात र मुखले नभई धैर्यता र बुद्धिले गर्नुपर्ने बताउनुभयो । “निन्दा गर्नेको पनि इस्ट बन्नुपर्छ । विचारमा शान्ति, बोलीमा शान्ति भयो भने नागरिकको मनमा बस्न सकिन्छ”, उहाँले भन्नुभयो । तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले जनप्रतिनिधिलाई कामको बोझका कारण तनाव बढी हुने भएकाले यस्ता प्रशिक्षण आवश्यक रहेकामा जोड दिनुभयो ।
कार्यक्रममा प्रशिक्षण दिँदै ब्रह्मकुमार राजुले कुनै पनि परिस्थितिलाई सहजरूपमा लिन सके तनाव नहुने बताउनुभयो । “खुसीजस्तो खुराक छैन, चिन्ताजस्तो रोग छैन”, उहाँले भन्नुभयो, “हाम्रो मनमा उत्पन्न नकारात्मक विचार नै दुःखको कारण हो । त्यसैले सधैँ सकारात्मक सोचौँ”, उहाँले भन्नुभयो ।
ब्रहमकुमारी राजयोगिनी सीमाले सकारात्मक चिन्तनले जीवन परिवर्तन हुने बताउनुभयो । अशान्त मनलाई शान्त बनाई आफ्नो जिम्मेवारी प्रभावकारी ढङ्गले निर्वाह गर्न सकारात्मक सोच राख्नुपर्ने उहाँको भनाइ छ । अग्रज पत्रकार डा बालकृष्ण चापागाईँले शान्ति स्थापना गर्नमा ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । ब्र्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयका क्षेत्रीय प्रमुखसचिव नारायणले यो विश्वविद्यालय अन्तर्राष्ट्रिय आध्यात्मिक शैक्षिक संस्था भएकाले सकारात्मक विचारको प्रवाह गर्दै आएको उल्लेख गर्नुभयो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा अर्थमन्त्री स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्। चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा खुला पुरुषतर्फ उपसभापति पदमा उनीबाहेक अरूको उम्...
फिफा विश्वकप २०२६ मा उपाधि दाबेदार ब्राजिलले लगातार दोेस्रो जित निकालेको छ। तेस्रो जित निकाल्नेक्रमा उसले बिहीबार स्कटल्याण्डलाई ३–० ले हरायो। ब्राजिलले पहिलो खेलम मोरक्कोसँग १...
पोखरा पर्यटन परिषद्को आयोजनामा २१ औँ असारे रोपाइँ महोत्सव आगामी १४ गते हुने भएको छ । पोखरा महानगरपालिका ३० लेखनाथमा “पोखरा सबै मौसमका लागि” भन्ने मूल नाराका साथ कृषि पर्यटनको प्र...

