आहा ! रारा पोखरा गोल्डकप: चर्च ब्वाइज सेमिफाइनलमा
पाेखरा | माघ २८, २०८१

पोखरा: चर्च ब्वाइज फुटबल क्लब पोखरामा जारी २४ औँ संस्करणको आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
पोखरा रङ्गशालास्थित फुटबल मैदानमा आज सम्पन्न क्वाटरफाइनलको अन्तिम खेलमा डिफेन्डिङ च्याम्पियन त्रिभुवन क्लब माथि १–० को कठिन जित निकाल्दै चर्च ब्वाइजले अन्तिम चारमा स्थान पक्का गरेको हो ।
पहिलो हाफको खेल गोलरहित बराबरीमा सकिएकामा दोस्रो हाफ पनि सकिन एक मिनेट बाँकी रहँदा चर्चका ब्वाइजका नवीन लामाले प्रहार गरेको कर्नर बललाई राज भुसालले हेडमार्फत गोल गरे । भुसालले गरेको गोलनै खेलको निर्णायक बन्यो । पहिलो तथा दोस्रो हाफमा दुवै टोलीले गोलका केही मौका पाएकामा सदुपयोग गर्न सकेनन् ।
अघिल्लो संस्करणको उपाधि विजेता आर्मी यस वर्ष पहिलो खेलबाट बाहिरिएको छ । आर्मीले सिधै क्वाटरफाइनलमा स्थान बनाउँदा चर्च ब्वाइजले एनआरटीलाई पराजित गरी क्वाटरफाइनलमा स्थान बनाएको थियो ।
चर्च ब्वाइजका प्रशिक्षक चेतनारायण श्रेष्ठले खेलाडीको मेहनतबाटै जीत सम्भव भएको बताउनुभयो । आर्मीका प्रशिक्षक मेघराज केसीले खेलाडीले राम्रो खेले पनि अवसर सुदपयोग गर्न नसक्दा पराजित हुनुपरेको प्रतिक्रिया दिनुभयो ।
यही फागुन ३ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद रु १२ लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार र उपविजेताले रु छ लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्ने छन् ।
यसैगरी प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाइ स्कुटर पुरस्कार प्रदान गरिने छ । प्रतियोगितामा विधागत रूपमा सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, गोलरक्षक, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकले जनही रु २५ हजार नगदसँगै ट्रफी पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।
पोखरा: नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीज नेपाली महिलाहरुको सम्मानको पर्व रहेको बताएका छन् । ‘हाम्रो सँस्कृति हाम्रो पहिचान लोप...
पोखरा: बेष्ट डेस्टिनेशन एजुकेशनल प्रालिको नयाँ शाखा पोखरामा विस्तार हुने भएको छ । २०७६ सालदेखि चितवनमा सञ्चालन हुँदै आएको अग्रणी शिक्षा परामर्श संस्था बेष्ट डेस्टिनेशन एजुकेशनल प्रालिले भदौं ११ गतेदेखि प...
पोखरा: आमा समुहले आर्थिक उपार्जन गर्ने मात्र नभई आप्mना सदस्यलाई दुःख पर्दा सहयोग गर्दछन् भन्ने यहाँको एउटा आमा समुह उदाहरणीय बनेको छ । पोखरा १७ घारीपाटनस्थित शुभकामना आमा समुहले क्यान्सर पिडीत...