पोखरा म्याराथनमा केन्याली धावकको वर्चस्व, साविक विजेतालाई हराउँदै चेरियुयिट च्याम्पियन
पाेखरा | फागुन ३, २०८१
पोखरा: नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा सम्पन्न १९ औं संस्करणको सफल पोखरा म्यारथनमा केन्याली धावक विल्सन चेरियुयिट च्याम्पियन बन्दै नयाँ रेकर्ड बनाएका छन् ।
यसअघि सोही देशकै धावक जुलियस मुरियाली वाहोमले २ घण्टा १९ मिनेट ३६ सेकेण्डमा निर्धारित ४२.१९५ किमी दुरी पार गरेका थिए ।
उनको गत वर्षको रेकर्डलाई तोड्दै विल्सन चेरियुयिटले २ घन्टा १७ मिनेट २४ सेकेण्डमा दौड पुरा गर्दै नयाँ रेकर्ड बनाएका हुन् ।
यस्तै साविक विजेता जुलियस मुरियाली वाहोमले निर्धारित दुरी २ घन्टा १७ मिनेट २६ सेकेण्डमा पार गर्दै दोस्रो स्थान हाँसिल गरे ।
अर्का केन्याली धावक ओनेसमस गिताउ जोरोगले २ घन्टा १८ मिनेट २१ सेकेण्डमा पुरा गर्दै तृतीय बने । उनीहरुले क्रमश: ५ लाख, ३ लाख र २ लाख नगद प्राप्त गरे ।
नेपाली धावक किरण सिंह बोगोटी भने चौथो बने ।
नेपाली धावक निरोज भट्ट क्षेत्री पाँचौ, रिखुलाल सिंह मगर छैटौं, दिनेश सिंह बोगोटी सातौं र केन्याली धावक माइकल माथिया आठौं बने ।
उनीहरुले जनही क्रमश: नगद रु ५०, २०, १५ र १० हजारका साथमा मेडल तथा प्रमाणपत्र हात पारे ।
गण्डकी प्रदेशतर्फको म्याराथनमा निरोज भट्ट क्षेत्री पहिलो बने । रिखुलाल मगर दोस्रो, दिनेश सिंह बोगोटी, तेस्रो, मिनराशी विक चौथो, अशोक बराम पाँचौ, सनम गुरूङ छैटौं र प्रितम गुरूङले आठौ स्थान प्राप्त गरे ।
उनीहरुले पनि क्रमश: जनही नगद रु ५०, ३०, २०, १५, ८, ६ र ४ हजार प्राप्त गरे ।
पुरुष २१ किमी हाफ म्याराथनमा केन्याली धावक जोन बान्सतरो पहिलो, नेपाली धावक सन्तोष विक्रम दोस्रो, गजेन्द्र राई तेस्रो बने ।
उनीहरुले क्रमश: जनही नगद रु ७५ हजार, ५० हजार, ३० हजार प्राप्त गरे ।
यस्तै महिलातर्फ २१ किमी दौडमा नेपाली धाविका ओलम्पियन सन्तोषी श्रेष्ठ पहिलो, केन्याली स्वारोन जोनोटिक दोस्रो र पुष्पा भण्डारी तेस्रो बनिन् ।
उनीहरुले क्रमश: जनही नगद रु १ लाख ५० हजार, १ लाख, ७५ हजार प्राप्त गरिन् ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

