पोखरा बेलुन विस्फोट घटना: गृह मन्त्रालयद्वारा छानबिन समिति गठन

पाेखरा | फागुन ४, २०८१

पोखरा बेलुन विस्फोट घटना: गृह मन्त्रालयद्वारा छानबिन समिति गठन

पोखरा:   ‘पोखरा भ्रमण वर्ष २०२५’ को घोषणा समारोहमा भएको घट्नाका सम्बन्धमा छानबिन गर्न आठ सदस्यीय छानबिन समिति गठन भएको छ । 


गृहमन्त्री रमेश लेखकले आइतबार बिहान मन्त्री स्तरको निर्णयबाट कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको संयोजकत्वमा आठ सदस्यीय छानबिन समिति गठन गरेका हुन् । 


समितिमा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाई, कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलिया, सशस्त्र प्रहरीका २४ नम्बर गण हेटक्वाटरका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक सूर्यप्रसाद तिमिल्सिना, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका उप अनुसन्धान निर्देशक सुरेश कुमार तिवारी सदस्य र कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गङ्गाबहादुर क्षेत्री सदस्य सचिव रहेका छन् । समितिमा एक जना विस्फोटक पदार्थ विज्ञ पनि राखिने छ । 


समितिलाई घट्नाको विस्तृत छानबिन गरी आगामी दिनमा यस प्रकारका कार्यक्रम गर्दा अपनाउनु पर्ने पूर्वसर्तकता र अवलम्बन गर्नुपर्ने उपाय सहितको प्रतिवेदन पेस गर्न १५ दिनको समय दिइएको छ । घटनामा उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य घाइते भएका छन् । 


कीर्तिपुर अस्पतालमा उपचाररत अर्थमन्त्री पौडेल र नगर प्रमुख आचार्यको अवस्था सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ ।

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्