भारतमा कार दुर्घटना: रुपन्देहीका ३ जनाको मृत्यु

रूपन्देही | फागुन ५, २०८१

भारतमा कार दुर्घटना: रुपन्देहीका ३ जनाको मृत्यु

रुपन्देही: भारतको प्रयागराजमा लागेको महाकुम्भमा सहभागी हुन गएका नेपाली नागरिक सवार कार भारतमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । 


जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक रञ्जितसिंह राठौरका अनुसार मृत्यु हुनेमा रुपन्देहीको देवदह नगरपालिका–९ भलुहीका ४५ वर्षीय गणेश खनाल, उहाँकी श्रीमती ४० वर्षीया दीपा खनाल र सोही ठाउँकी ४५ वर्षीया गीता शर्मा रहेका छन् । 


महाकुम्भबाट स्नान गरेर फर्किने क्रममा भारतको आजमगढ नजिकै उनीहरु सवार कार सडक छेउको डिभाइडरमा ठोक्किएको हो । दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन् । 


घाइतेको भारतकै आजमगढ र गोरखपुरमा उपचार भइरहेको प्रहरी उपरीक्षक राठौरले बताउनुभयो । देवदह नगरपालिका–९ का ३५ जनाको टोली कुम्भ मेलामा स्नान गर्न गएको थियो । 


पाँच कारमा सवार उक्त  टोली फर्किने क्रममा बनारस–आजमगढ राजमार्गमा दुर्घटनामा परेको हो । शव स्थानीय अस्पतालमा परीक्षणका लागि राखिएको र नियमितरुपमा  भारतीय प्रहरीसँग सम्पर्क भइरहेको उहाँले बताउनुभयो । 

काठमाडौं:   निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका लागि जारी गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आयोगले आचारसंहिताको मस्यौदा जारी गरे...

थप पढ्नुहोस्

काठमाडौं:   त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह आज (बिहीबार) हुँदै छ ।  विश्वविद्यालयका रजिस्ट्रार प्राडा केदार रिजालका अनुसार दीक्षान्त समारोहमा एमफिल, स्नातकोत्तर र स्नातक तहमा सर्वोत्क...

थप पढ्नुहोस्

पोखरा:   पोखरामा पुस ११ गतेदेखि २२ औं माछापुच्छे« पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता हुने भएको छ ।  कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालास्थित टेनिस कोर्टमा हुने प्रति...

थप पढ्नुहोस्