११ मा भर्ना हुन १.६ जीपीए अनीवार्य
काठमाडाैं | साउन १५, २०७९
काठमाडौँ। माध्यमिक शिक्षा परीक्षा (एसईई)मा १.६ जीपीए ल्याउने सबैले कक्षा ११ मा भर्ना हुन पाउने भएका छन्।
पाठ्यक्रम विकास केन्द्रले निर्धारण गरेको विद्यार्थी भर्नासम्बन्धी आधारअनुसार कक्षा ११ मा भौतिकविज्ञान, रसायनविज्ञान, जीवविज्ञान र गणित विषय अध्ययन गर्न चाहनेले भने एसईईमा यी चारवटा विषयमा कम्तीमा ‘सी प्लस ग्रेड’ हासिल गरी समग्र नतिजामा न्यूनतम १.६ जीपीए प्राप्त गरेको हुनुपर्नेछ।
राष्ट्रिय परीक्षा बोर्ड प्रदेश व्यवस्थापन कार्यालय बागमतीका प्रमुख जयन्ती सत्यालले भौतिकविज्ञान, रसायनविज्ञान, जीवविज्ञान र गणित विषयबाहेकका अन्य विषय पढ्न चाहनेले एसईईमा न्यूनतम १.६ जीपीए हासिल गरेको हुनुपर्ने तर विषयगत ग्रेडको कुनै बन्धन नभएको जानकारी दिनुभयो। उहाँका अनुसार विज्ञानबाहेक शिक्षा, व्यवस्थापन, मानविकी विषयमा अनिवार्य तथा ऐच्छिक विषयका रूपमा गणित पढ्न चाहनेले पनि एसईईमा ‘सी प्लस ग्रेड’ प्राप्त गरेकै हुनुपर्छ।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार एसईईमा तत्कालका लागि कक्षा ११ मा भर्ना नै हुन नपाउने अर्थात् जिरो दशमलव आठदेखि एक दशमलव दुई जीपीए ल्याउने विद्यार्थी तीन हजार दुई सय छन्। बोर्डले यी विद्यार्थीका लागि ग्रेड वृद्धि परीक्षा व्यवस्था गरेको छ। तर सोभन्दा माथिल्लो जीपीए ल्याउने विद्यार्थी पनि विषयगत रूपमा प्राप्त ग्रेडमा चित्त नबुझेमा ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउनेछन्।
यस्ता विद्यार्थीका लागि परीक्षा बोर्डले आगामी भदौको ११ र १२ गते ग्रेड वृद्धि परीक्षा सञ्चालन गर्ने निर्णय भएको छ। परीक्षा नियन्त्रक अर्जुनबहादुर रायमाझीले ‘सी’ वा सोभन्दा कम ग्रेड हासिल गरेकाले बढीमा दुई विषयसम्म ग्रेड वृद्धिको परीक्षामा सम्मिलित हुन पाउने जानकारी दिनुभयो।
पोखरा: बागलुङको ताराखोला गाउँपालिका–१ भुस्कातमा तमु समुदायको मुख्य पर्व ल्होछार/ल्होसार पर्व विविध कार्यक्रमका साथ मनाइने भएको छ । तमु ह्युल छोँज धी (गुरुङ राष्ट्रिय परिषद्) ताराखो...
काठमाडौं: नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य हालसम्मकै उच्च भएको छ । आज तीन हजार चार सयले बढेर सुन प्रतितोला दुई लाख ६१ हजार सात सय रुपियाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले ...
काठमाडौं: नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीले १५औँ महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्ने बताउनुभएको छ । काठमाडौँ क्षेत्र नं ६ का पार्टीका कार्यकर्ता तथा मतदातालाई सम्...

