रकम लुटपाटको झुटो उजुरी दिने चौधरी पक्राउ

महोत्तरी | साउन १५, २०७९

रकम लुटपाटको झुटो उजुरी दिने चौधरी पक्राउ

 

महोत्तरी ।  महोत्तरीको गौशालामा शुक्रबार छुरा प्रहार गरी पाँच लाख रुपियाँ लुटपाट गरेको भन्दै झुटो उजुरी दिनेलाई प्रहरीले पक्राउ गरेको छ ।

 

रकम लुटपाटको बनावटी घटना बनाउदै उजुरी दिएको पाइएपछि प्रहरीले रामगोपालपुर नगरपालिका–७ सहसौला बस्ने अरुणकुमार चौधरीलाई पक्राउ गरेको हो । 

 

शुक्रबार बेलुका आफुलाई अज्ञात व्यक्तिहरुले छुरा प्रहार गरि बैंकमा जम्मा गर्न लगेको पाँच लाख रुपियाँ लुटपाट गरेको भन्दै प्रहरीमा उजुरी दिएको तर घटना झुटो भएको ईलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक रञ्जन मिश्रले जानकारी दिनुभयो । 

 

गौशाला नगरपालिका–२, सम्सी गौशाला सडक खण्ड स्थित रेडक्रस भवन नजिकै छुरा प्रहार गरि पाँच लाख लुटिएको उजुरीमा उल्लेख गरेका थिए । घटनाको अनुसन्धान पछि झुटो भएको भन्दै पिडित चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।  धेरै मानिससँग लिएको सापटी र ऋण रकम तिर्न चौधरीले छुरा प्रहारको कथा बुनेर रकम अपचलन गर्न खोजेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । 

 

गाउँमै दाजु भाई मिलेर बैष्णवी मणि ट्रान्सफर सञ्चालन गर्दै आएका चौधरीले भाईको रकमलाई अपचलन गर्न प्र–२–०२–००४ प ३३४७ नम्बरको मोटरसाइकलबाट पाँच लाख रुपियाँ बैंकमा जम्मा गर्न गएको र बैंक बन्द भएकोले फिर्ता ल्याउँदै गर्दा तीन जना व्यक्तिहरुले छुरा प्रहार गर्दै लुटपाट गरेको घटना प्रहरीलाई बताएका थिए ।

पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ ।   पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...

थप पढ्नुहोस्

बन्दीपुर ।     पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ ।   गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...

थप पढ्नुहोस्

पोखरा —    नेपालका पूर्व राजा ज्ञानेन्द्र शाह तथा पूर्व रानी कोमलराज्य लक्ष्मी देवी शाह परिवारसहित पोखराको बाराहीघाट स्थित ३१ पार्क होटलभित्र रहेको ‘छु मी चाइनीज रेस्टुरेन्ट’मा शुक्रब...

थप पढ्नुहोस्