रकम लुटपाटको झुटो उजुरी दिने चौधरी पक्राउ
महोत्तरी | साउन १५, २०७९
महोत्तरी । महोत्तरीको गौशालामा शुक्रबार छुरा प्रहार गरी पाँच लाख रुपियाँ लुटपाट गरेको भन्दै झुटो उजुरी दिनेलाई प्रहरीले पक्राउ गरेको छ ।
रकम लुटपाटको बनावटी घटना बनाउदै उजुरी दिएको पाइएपछि प्रहरीले रामगोपालपुर नगरपालिका–७ सहसौला बस्ने अरुणकुमार चौधरीलाई पक्राउ गरेको हो ।
शुक्रबार बेलुका आफुलाई अज्ञात व्यक्तिहरुले छुरा प्रहार गरि बैंकमा जम्मा गर्न लगेको पाँच लाख रुपियाँ लुटपाट गरेको भन्दै प्रहरीमा उजुरी दिएको तर घटना झुटो भएको ईलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक रञ्जन मिश्रले जानकारी दिनुभयो ।
गौशाला नगरपालिका–२, सम्सी गौशाला सडक खण्ड स्थित रेडक्रस भवन नजिकै छुरा प्रहार गरि पाँच लाख लुटिएको उजुरीमा उल्लेख गरेका थिए । घटनाको अनुसन्धान पछि झुटो भएको भन्दै पिडित चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । धेरै मानिससँग लिएको सापटी र ऋण रकम तिर्न चौधरीले छुरा प्रहारको कथा बुनेर रकम अपचलन गर्न खोजेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
गाउँमै दाजु भाई मिलेर बैष्णवी मणि ट्रान्सफर सञ्चालन गर्दै आएका चौधरीले भाईको रकमलाई अपचलन गर्न प्र–२–०२–००४ प ३३४७ नम्बरको मोटरसाइकलबाट पाँच लाख रुपियाँ बैंकमा जम्मा गर्न गएको र बैंक बन्द भएकोले फिर्ता ल्याउँदै गर्दा तीन जना व्यक्तिहरुले छुरा प्रहार गर्दै लुटपाट गरेको घटना प्रहरीलाई बताएका थिए ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

