बलुन बिस्फोट: प्रहरी नियन्त्रणमा हाइड्रोजन भर्ने कुमार
पाेखरा | फागुन ७, २०८१
पोखरा भ्रमण वर्ष २०२५ उद्घाटन समारोहमा बलुनमा हाइड्राजन ग्यास भर्ने भारतीय नागरिक पक्राउ परेका छन्।
वडा प्रहरी कार्यालय बैदामले ४१ वर्षीय कमलेस कुमारलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको जनाएको छ।
गत फागुन ३ गते भ्रमण वर्ष उद्घाटन क्रममा हाइड्रोजन भरिएको बलुनमा ब्यानर टाँगेर उडाउन खोज्दा स्पार्किङ मेसिनबाट उडेको आगोको झिल्कोले बलुन बिस्फोट भएको थियो।
सोही दिन कमलेसलाई पक्राउ गरेको प्रहरीले बताएको छ।
हाइड्रोजन भरिएको बलुन बिस्फोट हुँदा अर्थमन्त्री विष्णु पौडेल र पोखराका मेयर धनराज आचार्य घाइते भएका थिए।
कीर्तिपुर अस्पतालमा उपचार गरेर अर्थमन्त्री पौडेल सोमबार डिस्चार्ज भएका छन् भने पोखराका मेयर आचार्य अझै केही दिन अस्पतालमै बसेर उपचार गर्नुपर्ने चिकित्सकहरूले बताएका छन्।
हाइड्रोजन बलुनमा भरेर भ्रमण वर्षको उद्घाटन गर्न मञ्चमा पुर्याएको विषयमा अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएकाे छ ।
उक्त घटनामा संलग्न ठानिएका केही व्यक्तिसँग प्रहरीले बयान लिइसकेको छ।
पोखरा: नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेशले सञ्चालन गरेको ‘निट पत्रकारिता पुरस्कार’ बाट पत्रकार भरत कोइराला सम्मानीत हुने भएका छन् । पोखरा महेन्द्रपुलमा सञ्चालनमा ...
पोखराः पोखराको प्रतिष्ठित ट्रेल रनिङ प्रतियोगिता ‘फिसटेल रेस’ २०२५ मा म्याराथन (४२ किलोमिटर) पुरुष तर्फ नेपाल र महिला तर्फ अमेरिकी नागरिकले उपाधि जितेका छन् । &ls...
पोखरा: आइटिएफ वल्र्ड टेनिस टुर जुनियर्स जे–३० पोखराको ब्वाइज सिंगल्सतर्फ कोरियाका युल हो जुङ र श्रीलंकाका गानुका फर्नान्डो फाइनलमा प्रवेश गर्दा गल्र्सतर्फ नेपालकी शिवाली गुरूङ र चाइनिज ताइपेईकी के&n...

