घान्द्रुक पर्यटन महोत्सव: रेन्बो होटल पोखरा र किङ्स क्लबलाई भलिबलको उपाधि
गण्डकी प्रदेशलाई बास्केटबलको उपाधि
पाेखरा | फागुन १०, २०८१

पोखरा: कास्कीको अन्नपूर्ण गाउँपालिका–१०/११ स्थित घान्द्रुकमा आयोजित घान्द्रुक पर्यटन महोत्सव सम्पन्न भएको छ । घान्द्रुक पर्यटन व्यवस्थापन समितिद्धारा आयोजित घान्द्रुक पर्यटन महोत्सव फागुन ७ देखि १० गतेसम्म सञ्चालन भएको थियो ।
समापन समारोहमा बोल्दै गण्डकी प्रदेश सभा सदस्य प्रकाश बरालले नयाँपुल हुँदै घान्द्रुक आउने सडक सहज बन्दै गएकाले यहाँ आउने पर्यटक आउने र फर्किने चिन्ताको विषय भएको बताए ।
‘नयाँपुल हुँदै घान्द्रुक आउने सडक अहिले निर्माणधिन रहेको छ, घान्द्रुक आउने पर्यटकलाई सहज बन्दै छ, घान्द्रुक आउने सडक सहज बन्दै गर्दा यहाँ आउने पर्यटक आउने र फर्कि हाल्न चिन्ताको विषय बनेको छ, सांसद बरालले भने, ‘घान्द्रुक आउने पर्यटकको बसाई लम्बाउन हामीले योजना बनाउन जरुरी छ, घान्द्रुकको परम्परागत मौलिक घर,संस्कृति जोगाउन आवश्यक छ ।’
घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङले घान्द्रुकलाई पर्यटनको हव बनाउन समिति क्रियाशिल रहेको बताए ।
‘घान्द्रुकलाई पर्यटकको हव बनाउन हाम्रो समिति क्रियाशिल रहेको छ, घान्द्रुकको मौलिकता र संस्कृति नै पर्यटकहरुको रोजाई हुन्, अध्यक्ष गुरुङले भने, ‘घान्द्रुकबाट देखिने आर्कषक हिमशृङ्खला र चक्रिय पदमार्गको विकास गर्न सके पर्यटकको बसाई लम्बाउन सकिन्छ भन्ने विश्वासका साथ काम गरिरहेका छौं ।’
रेन्बो होटल पोखरा र किङ्स क्लबलाई भलिबलको उपाधि
घान्द्रुकमा सम्पन्न भएको घान्द्रुक पर्यटन महोत्सवमा आयोजित क्लबस्तरीय भलिबल प्रतियोगिताको उपाधि रेन्बो होटल पोखरा भलिबल प्रशिक्षण केन्द्रले जितेको छ ।
घान्द्रुकको मेश्रम बराह माविको भलिबल कोर्टमा सम्पन्न भएको फाइनल खेलमा रेन्बो होटल पोखरा भलिबल प्रशिक्षण केन्द्रले अन्नपूर्ण युथ क्लबलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि जितेको हो ।
उपाधि जितेको रेन्बो होटल पोखरा भलिबल प्रशिक्षण केन्द्रले १ लाख २२ हजार २ सय २२ र उपविजेता भएको अन्नपूर्ण युथ क्लबले र उपविजेताले ७७ हजार ७ सय ७७ रुपैयाँसहित ट्रफी मेडर र प्रमाणपत्र प्राप्त गरे ।
यस्तै भेन्ट्रान्सतर्फ किङ्स क्लब अफ पोखराले अन्नपूर्ण घोरेपानी घान्द्रुक जीप समितिलाई ३–० को सेटमा पराजित गर्दै उपाधि जितेको छ । उपाधि जितेको किङ्स क्लबले नगद ३० हजार र उपविजेता भएको अन्नपूर्ण घोरेपानी घान्द्रुक जीप समितिले २० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।
गण्डकी प्रदेशलाई बास्केटबलको उपाधि
यस्तै घान्द्रुक पर्यटन महोत्सवमा आयोजित बास्केटबल प्रतियोगिताको उपाधि गण्डकी प्रदेशले जितेको छ । शनिबार सम्पन्न भएको फाइनल खेलमा गण्डकी प्रदेशले अन्नपूर्ण युथ क्लब किम्चेलाई ६६–५२ ले पराजित गदै उपाधि जितेको हो ।
उपाधि जितेको गण्डकी प्रदेशले १ लाख २२ हजार २ सय २२ र उपविजेता भएको अन्नपूर्ण युथ क्लबले ७७ हजार ७ सय ७७ रुपैयाँसहित ट्रफी मेडर र प्रमाणपत्र प्राप्त गरे ।
शुक्रबार सम्पन्न भएको घोडा दौड प्रतियोगितामा विवेक पुन प्रथम, अविशेक गुरुङ द्धितिय र देवेन्द्र सिर्पाली तृतीय भएका थिए ।
उनीहरुले क्रमशः प्रथम हुनेले ६० हजार, दोस्रो हुनेले ४० हजार, तेस्रो हुनेले २० हजार पुरस्कार प्राप्त गरे । यस्तै सान्तवना भएका हितमान गुरुङ र कञ्जु गुरुङले जनही ५/५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । घोडा दौड प्रतियोगितामा ३३ जनाले सहभागिता जनाएका थिए ।
कास्कीको अन्नपूर्ण गाउँपालिका १०/११ स्थित घान्दु्रकमा एकैदिन २ हजार ५ सय पर्यटकलाई राख्न सक्ने क्षमताको ६० वटा होटल र ३० वटा होमस्टे सञ्चालनमा रहेको घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङले जानकारी दिए । महोत्सव अवधिभर पर्यटकलाई २० प्रतिशत छुट दिइएको थियो ।
पोखरा: पोखरामा जारी लामाचौर तीज महोत्सवमा आयोजित खुल्ला पुरुष भलिबल प्रतियोगितामा जिएम समाज र ढुंगेदेउराली क्लब फाइनल प्रवेश गरेका छन् । रोचक त के भने लिग चरणका समूह विजेता टिम सेमिफाइनलबाटै य...
काठमाडौं: जनस्वास्थ्य क्षेत्रमा एक ऐतिहासिक उपलब्धि हासिल गर्दै नेपाल आधिकारिक रूपमा रुबेला–मुक्त देश घोषित भएको छ । आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा विश्व...
काठमाडौं: नेपाली हिन्दु महिलाले मनाउने चाड तीज अन्तर्गत सोमबार दर खाने दिन। विभिन्न मीठा परिकारका साथ दर खाइदैछ। दुःख भुलाउन भोलिपल्ट बस्ने हरितालिका तीजको व्रत भन्दा अगाडि महिला दिदी बहिनीलाई दर खुव...