'फिस्टेल ड्रिम पार्क' जहाँ एकैपटक ५ हजारले मस्ती गर्छन्
पाेखरा | साउन १५, २०७९
पोखराः पोखराको महतगौंडामा अन्तर्राष्ट्रियस्तरको फिस्टेल ड्रिम पार्क सञ्चालनमा आएको छ ।
असोजमा औचपारिक उद्घाटन गर्ने योजना भएपनि पार्क निर्माण सकिएपछि सञ्चालनमा ल्याइएको हो । ‘वाटर स्पोर्टस्’ र ‘फनपार्क’ समेत भनिने पार्क अन्तर्राष्ट्रियस्तरको रहेको सञ्चालकमध्येका कमल बस्नेतले जानकारी दिए ।
पोखरा प्रायः प्राकृतिकरुपमा चिनिएपनि पार्कले संरचनागत हिसाबले पनि चिनाउने उनले बताए । पोखराकै ठूलो मानिएको पार्कमा एकैपटक ५ हजारसम्मले रमाउने वातावरण तय गरिएको छ ।
‘पार्क ठूलोमात्र हैन’ बस्नेत भन्छन् ‘सुरक्षित पनि छ ।’ पार्कमा २ दर्जनजति फरक गतिविधि गर्न सकिने बस्नेतको भनाई छ ।
६५ रोपनी क्षेत्रफल ओगटेको पार्कमा वेभपुल, रोलरकोस्टर, ५ स्वीमिङपुल र विभिन्न इन्डोर गेम रहेका छन् । त्यस्तै, पार्कभित्र फुडकोर्टसमेत रहेको छ । पार्क सञ्चालनमा १३ जनाले करिब ५० करोड रुपैयाँको हाराहारीमा लगानी गरेको बस्नेतले बताए ।
पार्क प्रवेशका लागि २ सय रुपैयाँ टिकट दर तोकिएको छ । त्यस्तै, त्यहाँ रहेको सम्पूर्ण गतिविधिमा सरिक हुन १२ सय रुपैयाँ शूल्क तोकिएको छ । प्याकेजबाहेक रुचिअनुसारको खेलमा १ सय ५० देखि ३ सय रुपैयाँसम्म लिइने उनले जानकारी दिए ।
यहाँ वाटर र ड्राइपार्क रहेको छ । ड्राइपार्कको प्याकेज शूल्क ४ सय ५० रुपैयाँ रहेको छ भने बालबालिकालाई हाल ५० प्रतिशत छूट दिइएको छ ।
पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ । पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...
बन्दीपुर । पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ । गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...
पोखरा — नेपालका पूर्व राजा ज्ञानेन्द्र शाह तथा पूर्व रानी कोमलराज्य लक्ष्मी देवी शाह परिवारसहित पोखराको बाराहीघाट स्थित ३१ पार्क होटलभित्र रहेको ‘छु मी चाइनीज रेस्टुरेन्ट’मा शुक्रब...

