बर्दिबासमा भीषण आगोलागी
महोत्तरी | साउन १६, २०७९
महोत्तरी: महोत्तरीको बर्दिबासमा सिद्धार्थ बैंक रहेको भवनमा भीषण आगोलागी भएको छ ।
केहीबेर अघि शुरु भएको आगोलागी अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन । स्थानीयले दमकल र प्रहरी एवं स्थानीयलले आगो नियन्त्रणमा लिने प्रयास गरेपनि कठिनाइ भइरहेको जनाएका छन ।
सिद्धार्थ बैंक भएको घरको माथिल्लो तल्लामा आगलागी भएको हो । शुरुमा माथिल्लो तल्लामा रहेको जिमखानाबाट धुँवा आएको प्रत्यक्षदर्शीहरूको भनाइ छ।
आगलागी भएको ठाउँमा के कति क्षति भयो भन्ने तथ्यांक आउन सकेको छैन। आगलागी भएको भवनमा एसबीआई बैंक पनि सँगै छ भने सोही घरमा रहेको सिदार्थ बैंकमा कुनै क्षति भएको छैन ।
पोखरा: बागलुङको ताराखोला गाउँपालिका–१ भुस्कातमा तमु समुदायको मुख्य पर्व ल्होछार/ल्होसार पर्व विविध कार्यक्रमका साथ मनाइने भएको छ । तमु ह्युल छोँज धी (गुरुङ राष्ट्रिय परिषद्) ताराखो...
काठमाडौं: नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य हालसम्मकै उच्च भएको छ । आज तीन हजार चार सयले बढेर सुन प्रतितोला दुई लाख ६१ हजार सात सय रुपियाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले ...
काठमाडौं: नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीले १५औँ महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्ने बताउनुभएको छ । काठमाडौँ क्षेत्र नं ६ का पार्टीका कार्यकर्ता तथा मतदातालाई सम्...

