सूर्यतारा खेल महोत्सवकाे तयारी तिब्र, फुटबलको उपाधि राशी ४ लाख ४ हजार ४ सय ४४ रुपैयाँ
महोत्सवमा फागुन २४ देखि चैत्र २ गतेसम्म
पाेखरा | फागुन २०, २०८१

पोखरा महानगरपालिका २९ स्थित भण्डारढिक खेलमैदानमा आयोजना हुने दोस्रो संस्करणको सूर्यतारा खेल महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ ।
यही २४ गतेदेखि चैत्र २ गतेसम्म सूर्यतारा क्लब पोखराको आयोजनामा हुने उक्त प्रतियोगिता तयारी अन्तिम चरणमा पुगेको कार्यक्रम संयोजक विष्णु पुनले जानकारी दिए ।
उनका अनुसार उक्त महोत्सवमा मुख्य आकर्षणको रुपमा नेकोस कप खुला पुरुष फुटबल प्रतियोगिता समावेश गरिएको छ ।
उक्त प्रतियोगिताको उपाधि राशी नगद रु ४ लाख ४ हजार ४ सय ४४ रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र निर्धारण गरिएको उनले बताए ।
यस्तै प्रतियोगिताको उपविजेतालाई नगद रु २ लाख २ हजार २ सय २२ रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ ।
विधागततर्फ पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको संयोजक पुनले जानकारी दिए ।
प्रतियोगितामा बढीमा १२ वटा टिमलाई सहभागिता गराइने उनले बताए ।
उक्त खेल महोत्सवमा खुला सामूहिक लोकनृत्य प्रतियोगिता, खुला महिला स्लो स्कुटर रेस, राष्ट्रिय खुला महिला डोरीतान प्रतियोगिता, खुला टेबल टेनिस प्रतियोगिता, एथ्लेटिक्स प्रतियोगिता र जातीय संघसंस्था स्तरीय झाँकी प्रदर्शनी प्रतियोगिता सञ्चालन गरिने संयोजक पुनले बताए ।
कार्यक्रममा मुख्य प्रायोजकका रुपमा कर्माचार्य बेक्स एण्ड फुड्स प्रालि र सहप्रायोजकका रुपमा बन्दिपुर केवलकार प्रालि रहेको छ ।
उक्त कार्यक्रमको उद्घाटन सभामुख देवराज घिमिरेले र समापन सञ्चार तथा सूचना प्रविधीमन्त्री पृथ्वीसुब्बा गुरुङले गर्ने आयोजकले जनाएको छ ।
पोखरा: निवर्तमान मुख्यमन्त्री एवम् नेकपा एमाले स्थायी कमिटी सदस्य खगराज अधिकारीले नेपाली नारीहरुको पर्व हरितालिका तिज सामुहिक रुपमा मनाउने संस्कार बढेको बताउनु भएको छ । माझठाना पोखरा सम्पर्क समाजद्धारा आज...
काठमाडौं: मेडिकल व्यवसायी दुर्गा प्रसाईँले छिटै राजनीतिक दल खोल्ने बताएका छन् । सोमबार भक्तपुरमा पत्रकार सम्मेलन गर्दै प्रसाईँले राजनीतिक दलहरूले बिगारेको मुलुकको अवस्थामा सुधार ल्याउन र...
म्याग्दी: म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन राहुघाट जलविद्युत् आयोजनाको अडिट नम्बर १ (मुख्य सुरुङमा छिर्ने पहुँचमार्ग) मा पहिरो जाँदा आज दुई मजदुरको मृत्यु भएको छ । उक्त घटनामा परी पाँच जना घाइ...