अर्काको नागरिकतामा तस्बिर टाँसेर ठगी गरेको आरोपमा दुई पक्राउ

सप्तरी | फागुन २३, २०८१

अर्काको नागरिकतामा तस्बिर टाँसेर ठगी गरेको आरोपमा दुई पक्राउ

सप्तरी:   अर्काको नागरिकतामा आफ्नो तस्बिर टाँसेर ठगी गरेको आरोपमा यहाँ दुई जनालाई पक्राउ गरिएको छ । 

    
पक्राउ पर्नेमा राजविराज नगरपालिका–१२ घर भई हाल वडा नं ५ बस्ने २८ वर्षीय अभिषेक यादव र २० वर्षीय अरुणकुमार यादव रहेको आज जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । 

    
जिल्ला प्रहरी प्रमुख, प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले विसं २०८० असारमा अर्को व्यक्तिको नागरिकता भेटेपछि दुवै जनाले मिलेमतोमा त्यसको दुरुपयोग गरी ठगी गरेको आरोपमा पक्राउ गरिएको बताउनुभयो । 


नागरिकतामा आरोपितमध्ये अरुणको फोटो टाँसेर विराटनगरस्थित सिटिजन्स बैङ्कमा खाता खोली अन्य व्यक्तिहरूबाट लाखौँ रकम ठगी गरिरहेको खुल्न आएपछि पक्राउ गरिएको उहाँले जानकारी दिनुभयो । 

    
दुवै जनाविरुद्ध नागरिकतासम्बन्धी कसुर र ठगीमा जाहेरी परेको र अदालतबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

 पोखरा:   नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीज नेपाली महिलाहरुको सम्मानको पर्व रहेको बताएका छन् ।  ‘हाम्रो सँस्कृति हाम्रो पहिचान लोप...

थप पढ्नुहोस्

पोखरा:  बेष्ट डेस्टिनेशन एजुकेशनल प्रालिको नयाँ शाखा पोखरामा विस्तार हुने भएको छ । २०७६ सालदेखि चितवनमा सञ्चालन हुँदै आएको अग्रणी शिक्षा परामर्श संस्था बेष्ट डेस्टिनेशन एजुकेशनल प्रालिले भदौं ११ गतेदेखि प...

थप पढ्नुहोस्

पोखरा:  आमा समुहले आर्थिक उपार्जन गर्ने मात्र नभई आप्mना सदस्यलाई दुःख पर्दा सहयोग गर्दछन् भन्ने यहाँको एउटा आमा समुह उदाहरणीय बनेको छ ।  पोखरा १७ घारीपाटनस्थित शुभकामना आमा समुहले क्यान्सर पिडीत...

थप पढ्नुहोस्