बैतडीको मेलौलीका एक युवक मलेसियामा बेपत्ता
काठमाडाैं | फागुन २४, २०८१
सांकेतिक तस्वीर
बैतडी: बैतडीका एक युवक मलेसियामा बेपत्ता भएका छन् । रोजगारीका लागि त्यहाँ रहेका मेलौली नगरपालिका–८ कोटिगाउँका २८ वर्षीया मिनसिंह ठगुन्ना बेपत्ता भएका हुन् ।
मलेसियाको रमाटेक्स कम्पनीमा कार्यरत ठगुन्ना फागुन १३ गतेदेखि सम्पर्कविहीन भएका बुवा बहादुरसिंह ठगुन्नाले जानकारी दिनुभयो । १२ गते रात्रिसम्म फोन सम्पर्क भएको र १३ गतेदेखि सम्पर्क हुन नसकेको उहाँले बताउनुभयो ।
ढगुन्ना १० वर्षअघि रोजगारीका लागि मलेसिया गएका थिए । काम गर्ने क्रममा टाउकोमा गम्भिर चोट लागेको थियो । त्यसको चार÷पाँच दिनपछि छोरो सम्पर्कविहीन भएको बुबा बहादुरसिंहले बताउनुभयो ।
टाउकोमा चोट लागेपछि मानसिक अवस्था कमजोर भएका ठगुन्ना एक्कासी कोठाबाट भागेको उहाँसँगै कोठामा बस्दै आएका अर्का नेपालीले आफूलाई जानकारी गराएको उहाँले बताउनुभयो ।
“टाउकोमा चोट लागेको दुई÷तीन दिनपछि एक्कासी बरबराउने, डराउनेलगायत लक्षण देखाउने गरेका थिए, १३ गतेराति नै मोबाइल कोठामा छोडेर भागेका रहेछन्, आजसम्म भेटिएनन्”, बुबा बहादुरसिंहले भन्नुभयो,“काम गर्ने कम्पनीले पनि त्यहाको प्रहरीलाई छोरो सम्पर्कमा नरहेको जानकारी गराएको र बस्दै आएको कोठासमेत खाली गरिदिएको खबर पाएको छु ।”
मेलौली नगरपालिका–८ का वडाअध्यक्ष तपेन्द्रसिंह बिष्टले परराष्ट्र मन्त्रालयलाई खोजीका लागि आवश्यक पहल गरी दिन आग्रहसहित सिफारिस गरिएको जानकारी दिनुभयो ।
जिल्लाकै भएकाले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीलाई समेत परराष्ट्रसँग आवश्यक समन्वय गरी खोजि गरिदिन आग्रह गरिएको वडा अध्यक्ष बिष्टले बताउनुभयो ।
मुस्ताङ: यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...
काठमाडौं: नेकपा (एमाले) को ११ औं महाधिवेशनबाट निर्वाचित हुनुभएका पदाधिकारी तथा सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । महाधिवेशनले सामयिक राजनीतिक प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ। भक्...
पोखरा: गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले सूचना, प्रविधि र सञ्चारबिनाको विकास अब सम्भव नभएको बताएका छन्। नेपाल टेलिकम वर्कर्स युनियनको १२ औँ महाधिवेशनक...

