पोखरा-१६ लाई वडाध्यक्ष कप भलिबलको उपाधि

पाेखरा | फागुन २५, २०८१

पोखरा-१६ लाई वडाध्यक्ष कप भलिबलको उपाधि

पोखरा:  पोखरा महानगरपालिका वडानम्बर १४ मा सम्पन्न वडाअध्यक्ष कप अन्तर वडास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि पोखरा महानगरपालिका वडानम्बर १६ ले जितेको छ । 


मनोहर युवा क्लबको खेलमैदान मनकामना टोलमा भएको खेलमा वडानम्बर १९ लाइ ३–० को सोझो सेटमा हराउदैँ १६ ले उपाधि जितेको हो ।  जितका लागि वडानम्बर १६ ले २५–१९, २५–२२ र २५–२२ को सोझो सेटमा सहज जित निकाल्यो ।


उपाधिसगै वडानम्बर १६ ले एक लाख १ हजार ४१४ रुपैया, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्यो । उपविजेता वडानम्बर १९ ले ५५ हजार १४ ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्यो ।


सान्त्वना भएको वडा नम्बर २१ र २३ ले २०/२० हजार रुपैया ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरे । 

 
प्रतियोगितामा विधागत तर्फ वडानम्बर १६ का विजय परियार सर्वोत्कृष्ट खेलाडी धोषित भए । उनले नगद ७ हजार १४, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरे । 


यस्तै उत्कृष्ट स्पाइकर नरबहादुर सुनार(जिवन) वडानम्बर १९, उत्कृष्ट लिफ्टर सौरभ गुरुङ वडानम्बर १६, उत्कृष्ट डिफेन्डर बविल गुरुङ वडानम्बर १६ र अनुशासित खेलाडी भुपेन गुरुङ वडानम्बर १९ धोषित भए  । उनीहरुले जनही नगद ५ हजार,ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरे ।


प्रतियोगितामा पोखरा महानगरपालिका अन्तरगतका १३ टिमको सहभागिता रहेको थियो ।  


पोखरा महानगरपालिका वडानम्बर १४ को आयोजना खेलकुद विकास समिति वडानम्बर १४ को व्यवस्थापन र मनोहर युवा क्लबको सहकार्यमा प्रतियोगिता आयोजना गरिएको हो । 

काठमाडौं: नेपाली कांग्रेसको १५ औं महाधिवेशन आगामी वैशाख २८ गतेदेखि ३१ गतेसम्म काठमाडौँमा हुने भएको छ।  शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले यसअघि ...

थप पढ्नुहोस्

गण्डकी: कास्कीको मादी गाउँपालिका–१ स्थित पर्यटकीय गाउँ सिक्लेसमा सूचना केन्द्र सञ्चालनमा आएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को सहयोग एवम् वडा कार्यालय र स्थानीय पर्यटन व्यवसायीको समन्वयमा के...

थप पढ्नुहोस्

काठमाडौं: पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएकामा आज दुवै धातुको मोल केही बढेको छ ।  आज छापावाल सुन प्रतितोला रु दुई लाख ६२ हजार ५०० र त्यति नै चाँदीको मोल र...

थप पढ्नुहोस्