होलिल्याण्डको नयाँ भेन्यु कोमागाने पार्क

पाेखरा | फागुन २८, २०८१

होलिल्याण्डको नयाँ भेन्यु कोमागाने पार्क

पोखरा:    पोखराको फेवाताल किनार बाराही घाट चौरमा फागु पूर्णिमा होलीको दिन बिहीबार हुने भनिएको (होलिल्याण्ड)को कार्यक्रम स्थल सरेको छ । 


आयोजक प्रचार नेपाल र स्पेक्स फोर्टिनले बुधबार एउटा सूचना निकालेर कार्यक्रम हुने स्थान विशेष कारणले सार्नुपरेको जनाएको छ । 


कार्यक्रम कोमागाने पार्क (केदारेश्वर मन्दिर क्षेत्र)मा सारिएको प्रचार नेपालका संचालक आशिष पुरीले जानकारी दिए । अन्तिम समयमा कार्यक्रम स्थल सार्नुपरे पनि आफूहरुको उर्जा नघटेको पुरीले बताए । 


होलिल्याण्डको दोस्रो संस्करणमा पनि प्रवेश निशुल्क रहेको छ । कार्यक्रममा डिजे डेनी, डिजे अनिष, डिजे रुस, डिजे एम्मी, डिजे न्याक्सिजम, डिजे साउडेको प्रस्तुति रहने उनले बताए । उक्त कार्यक्रमको स्टेज हाइपरमा बकबक ९विवेक गुरुङ० रहेका छन् । स्टेज हाइपर भनेको डिजेले प्रस्तुति दिँदा माहोल बनाउने व्यक्ति हुन् । 


कार्यक्रममा हट एअर बेलुन, अल्ट्रालाइट, ड्रोन स्प्लयास, खानाको स्टल र सांगीतिक प्रस्तुति आकर्षणको रुपमा रहने स्पेक्स फोर्टिनका संचालक महेश्वरसिंह भण्डारीले जानकारी दिए । 


बिहान ११ बजेदेखि ६ बजेसम्म हुने कार्यक्रमको सञ्चालक एकिन गुरुङ छन् । यो कार्यक्रमलाई टिल्ट योर वर्ल्ड र एक्स्पर्ट एजुकेसन एन्ड भिसाले सहयोग गरेको छ । 


प्रचार नेपालले पोखरामा प्रायः सांगीतिक कार्यक्रम गर्दै आएको छ । यो वर्षको प्रणय दिवस ९भ्यालेन्टाइन डे०मा द एज ब्यान्ड र स्वरको कन्सर्ट गरेको थियो जहाँ करिब ५ हजार दर्शक उपस्थित थिए । त्यसअघि गत कार्तिकमा चर्चित गायक सज्जनराज वैद्यको कन्सर्टको व्यवस्थापन प्रचार नेपालले नै गरेको थियो ।  


अंग्रजी नयाँ वर्षको अवसरमा यो वर्ष आयोजित २६ औं सडक महोत्सवमा प्रचारले गत पुसमा ‘द एण्ड गेम’ नाम दिएर सबिन राई एण्ड फेरोह, पूर्ण राई र दाजु–भाइहरु, र्‍यापर डोंग, देवेन्द्र बब्लु एण्ड द फिरन्तेलगायतको कन्सर्ट गरेका थिए ।

पोखरा -   नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ ।    नेपाल पत्रकार महासंघ, कास्कीले बु...

थप पढ्नुहोस्

पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।   पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्।   चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

थप पढ्नुहोस्