पोखरा १५:  सडक मर्मत गर्न कस्सिए जनप्रतिनिधि

पाेखरा | साउन १७, २०७९

पोखरा १५:  सडक मर्मत गर्न कस्सिए जनप्रतिनिधि

 

पोखरा  ।  आइतबार साँझदेखि परेको भारी वर्षाका कारण आएको भलले सडक बिग्रिएपछि सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै स्थानीयले जनप्रतिनिधिलाई समस्या राखेकोमा केही बेरमै समस्याको सम्बोधन भएको छ।

 

पोखरा महानगरपालिका वडा नं –१५ राम बजार स्थित पानीको पाइप बिछ्याइएको सडक रातभरको भलले खोलेर सडकमै खाल्डो परेकोमा वडाका जनप्रतिनिधि आफै श्रमदानमा जुटेका हुन्।

 

खाल्डोका कारण सडक दुर्घटना हुनसक्ने तथा आवागमनमा समस्या हुने देखिएपछि सोमबार बिहानै स्थानीयले जनप्रतिनिधि अध्यक्ष तोरण बहादुर बानियाँ र सदस्य आशिष भण्डारीलाई समस्या सुनाएकोमा समस्या राखेको केही समयमै उनीहरू ग्राभेलसहित आफै खाल्डो पुर्न अघि सरेका हुन्।

 

वडावासीको समस्यामा जनप्रतिनिधिले तत्काल चासो दिएरआफै अग्रसर भएपछि राम बजारका स्थानीयवासी  नीरज थापाले सामाजिक सञ्जालमा प्रशंसा गर्दै सकारात्मक सोचाइ भएको नेतृत्वको संज्ञा दिएका छन्। 

 

अध्यक्ष बानियाँ र सदस्य आशिष भण्डारी हालैको स्थानीय तहको चुनावमा नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरू हुन्।

संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ।   सोमबार अपराह्न १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्...

थप पढ्नुहोस्

पोखरा — ​कास्कीको अन्नपूर्ण गाउँपालिका–३ धारापानीबाट प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।   पक्राउ पर्नेमा अन्नपूर्ण गाउँपालिका–३ धारापानी बस्ने २७ वर्षीय सन्देश परिया...

थप पढ्नुहोस्

सरकारले साउन १ गतेदेखि लागू गरेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम सुरु भएको छ।   पूर्वाधार विकास मन्त्रालयअन्तर्गत...

थप पढ्नुहोस्