नेकोस कपमा गन्नी एफसी च्याम्पियन, राजेश सर्वाेत्कृष्ट
पाेखरा | चैत ३, २०८१
PHOTO: GOALNEPAL
पोखरा महानगरपालिका २९ भण्डारढिकमा सम्पन्न दोस्रो संस्करणको सूर्य तारा खेल महोत्सव २०८१ अन्तरगत नेकोस कप फुटबल प्रतियोगितामा गन्नी एफसी च्याम्पियन बनेको छ ।
शनिबार भएको फाइनल खेलमा आयोजक सूर्य तारा क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै गन्नी एफसी च्याम्पियन बनेको हो ।
च्याम्पियन बनेको गन्नीले नगद रु ४ लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्याे ।
उपविजेता बनेको सूर्य ताराले नगद रु २ लाख २ हजार २ सय २२ रुपैयाँ, शिल्ड मेडल र प्रमाणपत्र प्राप्त ग¥यो ।
प्रतियोगितामा सूर्य ताराका राजेश राईले उत्कृष्ट खेलाडी घोषित हुँदैं नगद रु १५ हजारसहित ट्रफी मेडल र प्रमाणपत्रसहित पुरस्कृत भए ।
कार्यक्रम संयोजक विष्णु पुनका अनुसार प्रतियोगितामा कुल १० टिमको सहभागिता रहेको ।
यस्तै राष्ट्रिय खुला महिला डोरीतान प्रतियोगितातर्फ भने आयोजक सूर्य तारा क्लबले उपाधि जित्यो ।
फाइनलमा दिदी बहिनी आमा समुहलाई पराजित गर्दे सूर्य तारा प्रथम भएको हो । प्रथम भएको सूर्य ताराले नगद रु ३३ हजार ३ सय ३३ र द्वितीय बनेको दिदी बहिनी आमा समुहले २२ हजार २ सय २२ रुपैयाँसहित मेडल र प्रमाणपत्र हात पारे ।
कुल १४ टिमले सहभागिता जनाएको यो प्रतियोगितामा लालिगुराँस आमा समुह पोखरा ३० तृतीय बन्यो । बाग्लुङ समाज पोखरा २९ लाई पराजित गर्दै तेस्रो बनेको लालीगुँरासले ११ हजार १ सय ११ रुपैयाँ सहित मेडल र प्रमाणपत्र हात पा¥यो ।
खेल महोत्सवमा खुला महिला ‘स्लो’ स्कुटर रेस प्रतियोगिता, खुला सामूहिक लोक नृत्य प्रतियोगिता, खुला टेबलटेनिस प्रतियोगिता, एथ्लेटिक्स प्रतियोगिता र जातीय सङ्घसंस्था स्तरीय झाँकी प्रदर्शनी प्रतियोगिता समेत समावेश गरिएको थियो ।
पोखरा: पोखरा महेन्द्रपुलमा रहेको निट डेन्टल केयर प्रालिले ‘निट डेण्टल पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ । डेण्टलको तेस्रो वार्षिकोत्सवका अवसरमा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्...
पोखरा: आइटिएफ जे३० वल्र्ड टेनिस टुर पोखराको ब्वाइज सिंगल्स (राउन्ड अफ ३२) का दोस्रो दिन मंगलबार सिंगल्स र डबल्सतर्फ रोमाञ्चपूर्ण खेलहरू सम्पन्न भएका छन् । भारतीय, नेपाली, चिनियाँ, कोरियाली, हङकङ र बंगलादेशी खेला...
म्याग्दी: म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतको पहिरोबाट ट्रकसहित म्याग्दी नदीमा खसेका चालकको सुरक्षाकर्मीले उद्धार गरेका छन्...

