वडाध्यक्ष सुवेदीलाई रड प्रहार गर्ने गिरी पक्राउ

पाेखरा | चैत ५, २०८१

वडाध्यक्ष सुवेदीलाई रड प्रहार गर्ने गिरी पक्राउ

पोखरा महानगरपालिका २१ बाँझीपोखरीमा वडाध्यक्ष दीपक सुवेदीलाई रड प्रहार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

 

पक्राउ पर्नेमा निर्मलपोखरीका स्थानीय भूपेन्द्र गिरी (ठुलो) रहेका छन् ।


गिरीले वडाध्यक्ष सुवेदीसहित जनप्रतिनिधिलाई बाँझीपोखरीमा सार्वजनिक जग्गामा अतिक्रमण गरी निर्माण भइरहेको संरचना भत्काउन जाँदा रड प्रहार गरेका थिए ।

 

पक्राउ परेका गिरीविरुद्ध अभद्र व्यवहार मुद्दामा ७ दिन म्याद थपेर अनुसन्धान थालिएको कास्की प्रहरीले जनाएको छ ।


 

यो पनि पढ्नुहोस

 

 

पोखरा:  घुमघामको सिजनसँगै कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा पर्यटकको चाप बढेको छ ।    अन्नपूर्ण गाउँपालिका १०/११ स्थित घान्द्रुक गाउँमा पछिल्लो ४ दिनमा मात्रै करिब १० हजार भन्दा बढी पर्यटक ...

थप पढ्नुहोस्

पोखरा- ‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३’ पत्रकार भुपाल गुरुङलाई प्रदान गरिने भएको छ ।   प्रतिभा छनोट समितिको सिफारिसका आधारमा कान्तिपुर टेलिभिजनमा कार्यरत पत्रकार गुरुङल...

थप पढ्नुहोस्

काठमाडौं ।    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् ।    पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...

थप पढ्नुहोस्