वडाध्यक्ष सुवेदीलाई रड प्रहार गर्ने गिरी पक्राउ
पाेखरा | चैत ५, २०८१
पोखरा महानगरपालिका २१ बाँझीपोखरीमा वडाध्यक्ष दीपक सुवेदीलाई रड प्रहार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा निर्मलपोखरीका स्थानीय भूपेन्द्र गिरी (ठुलो) रहेका छन् ।
गिरीले वडाध्यक्ष सुवेदीसहित जनप्रतिनिधिलाई बाँझीपोखरीमा सार्वजनिक जग्गामा अतिक्रमण गरी निर्माण भइरहेको संरचना भत्काउन जाँदा रड प्रहार गरेका थिए ।
पक्राउ परेका गिरीविरुद्ध अभद्र व्यवहार मुद्दामा ७ दिन म्याद थपेर अनुसन्धान थालिएको कास्की प्रहरीले जनाएको छ ।
यो पनि पढ्नुहोस
काठमाडौं: आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत मङ्गलबार १६५ वटै निर्वाचन क्षेत्रमा मनोनयनपत्र दर्ता गरेका तीन हजार ४८६ उम्मेदवारमध्ये ५ जनाविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ। ...
पोखरा: आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि कास्कीको तीन वटै निर्वाचन क्षेत्रमा ४९ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्त...
पोखरा: ढुङ्गेसाँघु सितापाईला आमा समुह पोखरा १७ महतगौडाले सिताघाट व्यवस्थापनका लागि आर्थिक सहयोग गरेको छ । जन्मदेखि मृत्यु संस्कारसंग जोडिएको घाट जाने बाटो निर्माणका लागि समुहले ५१ हजार ११५ रुपैय...

