अन्नपूर्ण बेस क्याम्पबाट फर्किदै गरेका पर्यटक देउरालीको हिमपहिरोमा पुरिएको आशंका
पाेखरा | चैत १३, २०८१
पोखरा: अन्नपूर्ण बेस क्याम्पबाट फर्किदै गरेका एक पर्यटक देउरालीको हिमपहिरोमा पुरिएको आशंका पछि उद्धार टोली घटनास्थल पुगेको छ ।
अन्नपूर्ण बेस क्याम्पबाट फर्किदै गरेका दुई भारतीय नागरिकले चैत ११ गते देउरालीमा गएको हिम पहिरोमा एक पर्यटक पुरिएको सूचना प्रहरीलाई दिएका थिए ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख श्यामबावु ओलियाले अन्नपूर्ण बेस क्यामबाट फर्किदै गरेका एक पर्यटक हिम पहिरोमा पुरिएको सूचनापछि उद्धार टोली घटनास्थलमा पुगेको जानकारी दिए ।
‘अन्नपूर्ण बेस क्यामबाट फर्किदै गरेका दुई भारतीय नागरिकले आफु भन्दा अगाडि रहेका एक पर्यटक देउरालीको हिमपहिरोमा पुरिएको आशंका गर्दै प्रहरीलाई खवर गरेका थिए’, प्रहरी प्रमुख ओलियाले भने, ‘उनीहरुले दिएको सूचनाका आधारमा घान्द्रुक प्रहरी चौकी, जनप्रतिनिधि र पर्यटक प्रहरीको टोली घटनास्थलमा पुगेको छ, हिम पहिरोमा पर्यटक पुरिएको हो या होइन उद्धार टोलीले सूचना दिएपछि पुष्टि हुन्छ ।’
उद्धार टोलीमा खटिएका एक सुरक्षाकर्मीका अनुसार हिमपहिरोमा पर्यटक पुरिएको आशंका पछि प्रहरी, जनप्रतिनिधि र स्थानीय गरी २५ जनाको टोली घटनास्थलमा पुगेको छ ।
घटनास्थलमा बिहान र बेलुका मात्र खोजी कार्य गर्न सकिने उद्धार टोलीका एक सदस्यले जानकारी दिए । घटनास्थल पुग्न घान्द्रुकबाट तीन दिन लाग्ने उद्धारकर्मीहरुले बताएका छन् ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

