अन्नपूर्ण बेस क्याम्पबाट फर्किदै गरेका पर्यटक देउरालीको हिमपहिरोमा पुरिएको आशंका
पाेखरा | चैत १३, २०८१
पोखरा: अन्नपूर्ण बेस क्याम्पबाट फर्किदै गरेका एक पर्यटक देउरालीको हिमपहिरोमा पुरिएको आशंका पछि उद्धार टोली घटनास्थल पुगेको छ ।
अन्नपूर्ण बेस क्याम्पबाट फर्किदै गरेका दुई भारतीय नागरिकले चैत ११ गते देउरालीमा गएको हिम पहिरोमा एक पर्यटक पुरिएको सूचना प्रहरीलाई दिएका थिए ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख श्यामबावु ओलियाले अन्नपूर्ण बेस क्यामबाट फर्किदै गरेका एक पर्यटक हिम पहिरोमा पुरिएको सूचनापछि उद्धार टोली घटनास्थलमा पुगेको जानकारी दिए ।
‘अन्नपूर्ण बेस क्यामबाट फर्किदै गरेका दुई भारतीय नागरिकले आफु भन्दा अगाडि रहेका एक पर्यटक देउरालीको हिमपहिरोमा पुरिएको आशंका गर्दै प्रहरीलाई खवर गरेका थिए’, प्रहरी प्रमुख ओलियाले भने, ‘उनीहरुले दिएको सूचनाका आधारमा घान्द्रुक प्रहरी चौकी, जनप्रतिनिधि र पर्यटक प्रहरीको टोली घटनास्थलमा पुगेको छ, हिम पहिरोमा पर्यटक पुरिएको हो या होइन उद्धार टोलीले सूचना दिएपछि पुष्टि हुन्छ ।’
उद्धार टोलीमा खटिएका एक सुरक्षाकर्मीका अनुसार हिमपहिरोमा पर्यटक पुरिएको आशंका पछि प्रहरी, जनप्रतिनिधि र स्थानीय गरी २५ जनाको टोली घटनास्थलमा पुगेको छ ।
घटनास्थलमा बिहान र बेलुका मात्र खोजी कार्य गर्न सकिने उद्धार टोलीका एक सदस्यले जानकारी दिए । घटनास्थल पुग्न घान्द्रुकबाट तीन दिन लाग्ने उद्धारकर्मीहरुले बताएका छन् ।
काठमाडौं: भदौ २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोगले अर्को तत्कालिन प्रधानमन्त्री र गृहमन्त्रीलाई बयानमा बोलाउने तयारी गरेको छ । यसबारे आयोगले आज प्रधानमन्त्री शुसीला कार्कीलाई जानकारी गराएको छ । ...
काठमाडौं: बुधबार बिहानदेखि सुरु भएको नेकपा (एमाले)को ११ औं महाधिवेशनको मतदान प्रक्रिया सम्पन्न भएको छ । कुल २२६३ प्रतिनिधिमध्ये ३६ जना अनुपस्थित हुँदा २२२७ मत खसेको छ । निर्वाचन आयोगक...
काठमाडौं: राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८२ का लागि सात प्रदेशमा मतदान स्थल तथा मतदान केन्द्र तोकिएको छ। आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार पुस २ गते बधुबार सातै वटा प्र...

