पत्रकार जलाइएको घटनाविरुद्ध कास्कीमा विराेध
पाेखरा | चैत १६, २०८१
पोखरा । काठमाडौँमा पूर्वराजा समर्थकहरूको हिंसात्मक आन्दोलनमा परी पत्रकारको मृत्यु भएको र विभिन्न सञ्चारगृहमा आक्रमण भएको घटनाप्रति नेपाल पत्रकार महासंघ कास्कीले विरोधसभा गरेको छ।
नेपाल पत्रकार महासंघ कास्की शाखाको आयोजनामा पोखराको शहिद चोकमा उक्त कार्यक्रम गरेको हो ।
यसैबीच देशभरका पत्रकारसम्बद्ध विभिन्न संघसंस्थाले विरोध गरेका छन् ।
शुक्रबार प्रदर्शनकारी समूहले गरेको आन्दोलनको भिडिओ खिच्ने क्रममा एभिन्युज टेलिभिजनका क्यामेरापर्सन सुरेश रजकको शव जलेको अवस्थामा भेटिएको थियो ।
पत्रकारको छाता संस्था नेपाल पत्रकार महासंघसहित विभिन्न संघसंस्थाले सो घटनाप्रति दुःख व्यक्त गर्दै प्रेस स्वतन्त्रता तथा दोषीलाई कडा कारबाहीको माग गरेका छन् ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

