राज्यविरुद्धको मुद्दामा राप्रपाका नेतासहित ११ जनालाई ५ दिन थुनामा राख्न अनुमति
काठमाडाैं | चैत १७, २०८१
काठमाडौं: जिल्ला अदालत काठमाडौंले शुक्रबार तीनकुनेमा भएको घटनाबारे अनुसन्धान गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेता रविन्द्र मिश्र, सांसद धवलशमशेर जबरासहित ११ जनालाई राज्यविरुद्ध अपराधको आरोपमा पाँच दिन थुनामा राख्न अनुमति दिएको छ ।
न्यायाधीश तारादेवी मर्हजनको इजलासले आज नेता मिश्र र सांसद जबरासहित ११ जनामध्ये १५ गते पक्राउ परेकालाई पाँच दिन र १६ गते पक्राउ परेकालाई चार दिन थुनामा राखी अनुसन्धान गर्न अनुमति दिएको काठमाडौँ अदालतका श्रेस्तेदार तीर्थराज भट्राईले जानकारी दिनुभयो ।
जिल्ला सरकारी वकिलको कार्यालयले ती व्यक्तिमाथि प्रारम्भिक अनुसन्धानपछि राज्यविरुद्धको कसुर आकर्षित हुने देखिएकाले त्यसमा म्याद थप गर्न सुझाव दिएको थियो ।
जिल्ला सरकारी वकिल कार्यालयले ती ११ जनाबाहेक थप ३० जनालाई आपराधिक उपद्रव र सङ्गठित अपराधको अभियोगमा म्याद थप्न अदालतमा पेस गरेको जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँका प्रमुख रामहरि शर्मा काफ्लेले जानकारी दिनुभयो ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

