बाख्रापालक कृषक समूहलाई २० लाख अनुदान
पाेखरा | साउन २०, २०७९
पोखरा महानगरपालिकाले व्यावसायिक बाख्रापालक कृषकलाई प्रोत्साहन गर्न रु २० लाख अनुदान वितरण गरेको छ । महानगरपालिका पशु सेवा शाखाद्वारा आयोजित बाख्रा मेला प्रदर्शनी तथा अनुदान वितरण कार्यक्रममा महानगर प्रमुख धनराज आचार्यले महानगरका चार कृषक समूहलाई रु पाँच लाखका दरले अनुदान विरतण गर्नुभएको हो ।
‘मेयरमैत्री बाख्रापालन प्याकेज’ कार्यक्रमअन्तर्गत महानगरले बर्सेनि बाख्रापालक कृषक तथा कृषक समूहलाई अनुदान तथा सहयोग रकम प्रदान गर्दै आएको छ । यस वर्ष अनुदान प्राप्त गर्ने कृषक समूहमा मिलीजुली बाख्रापालन कृषक समूह पोखरा-१३ आर्वा, सराङकोट बाख्रापालन समूह पोखरा-१८, लगनशील बाख्रापालन कृषक समूह पोखरा-३२ र बेगनास बाख्रापालन समूह पोखरा-३१ छन् । अनुदानबाट प्रत्यक्षरूपमा एक सयभन्दा बढी कृषक लाभान्वित भएको महानगर पशु सेवा शाखा प्रमुख नवराज अधिकारीले बताउनुभयो ।
कार्यक्रममा मौजा हिल लाइभस्टक फार्म पोखरा–२० का कृषक दुर्गा बहादुर गुरुङलाई पोखराका विभिन्न स्थानलाई बाख्रापालनको पकेट क्षेत्रका रूपमा विकास गर्न तथा कृषकलाई प्रोत्साहन गर्ने कार्यमा उल्लेखनीय योगदान गरेवापत ‘सर्वोत्कृष्ट वर्ष कृषक’ सम्मानबाट पुरस्कृत गरिएको थियो ।
यसैगरी पोखरा महानगरपालिकाभित्र रहेका १७ उत्कृष्ट कृषि फार्मलाई पनि सम्मान गरिएको छ । सम्मानित कृषकका प्रत्येक फार्ममा एक सय बढीको सङ्ख्यामा बाख्रा पालिएका छन् । कार्यक्रममा महानगर प्रमुख आचार्यले आगामी पाँच वर्षभित्रमा महानगरपालिकालाई तरकारी, दूध, अण्डा, मासु तथा फलफूलमा आत्मनिर्भर बनाइने बताउनुभयो ।
कृषकलाई निर्वाह मुखीभन्दा पनि व्यवसायीकरणमा जोड दिँदै उहाँले महानगर कृषकको साथमा रहेको विश्वास दिलाउनुभयो । कृषि उपजको ढुवानी तथा बजारीकरणका लागि शीतभण्डार सहितको कृषि एम्बुलेन्स सञ्चालन गर्ने तयारी गरिएको उहाँले जानकारी दिनुभयो ।
पोखरा: बागलुङको ताराखोला गाउँपालिका–१ भुस्कातमा तमु समुदायको मुख्य पर्व ल्होछार/ल्होसार पर्व विविध कार्यक्रमका साथ मनाइने भएको छ । तमु ह्युल छोँज धी (गुरुङ राष्ट्रिय परिषद्) ताराखो...
काठमाडौं: नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य हालसम्मकै उच्च भएको छ । आज तीन हजार चार सयले बढेर सुन प्रतितोला दुई लाख ६१ हजार सात सय रुपियाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले ...
काठमाडौं: नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीले १५औँ महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्ने बताउनुभएको छ । काठमाडौँ क्षेत्र नं ६ का पार्टीका कार्यकर्ता तथा मतदातालाई सम्...

