तस्बिरमा घुम्नुहोस्, 'मुस्ताङ'
पाेखरा | चैत १८, २०८१
मुस्ताङ: बसन्त ऋतुको सुरुवातसँगै घुमफिरको समय पनि सुरु भएको छ । प्रकृति र संस्कृतिमा धनि गण्डकी प्रदेशमा घुम्नलायक ठाउँहरु प्रशस्तै छन् ।
हिमाल पारीको जिल्ला मुस्ताङपनि धार्मिक पर्यटकका लागि उत्कृष्ट गन्तव्य हो ।
जसलाई अमेरिका समाचार संस्था सिएनएनले जारी गरेको रिर्पोटमा पनि घुम्नै पर्ने उत्कृष्ट स्थानमध्ये मुस्ताङलाई पनि समेटेको थियो ।
तिब्बतको ढोकामा अवस्थित मुस्ताङ हिमाली पदयात्रा र मुक्तिनाथ दर्शनका लागि प्रसिद्ध स्थान हो ।

मुस्ताङमा सबैखाले रिसोर्टहरु उपलब्ध रहेका छन् । लक्जरी खोज्नेहरू देखी परम्परागत तिब्बती घरहरूबाट प्रेरित २९ सुइटहरूसमेत रहेका रिर्सोटहरु सञ्चालनमा रहेका छन् ।
पदयात्राका अतिरिक्त, मुस्ताङमा पर्यटकहरूले पुरातन गाउँहरू र बौद्ध गुम्बाहरू हेर्न सक्छन् । साथै छुटाउन नहुने अर्को कुरा भनेको मानव निर्मित गुफाहरू रहेका छन्, जहाँ २,००० वर्ष पुरानो बौद्ध मूर्तिकला र चित्रहरू देखिन पाइनेछ ।
मुस्ताङ उपत्यका पुग्नु आफैमा साहसिक कार्यको एक हिस्सा पनि हो ।
यात्रुहरूले राजधानी काठमाडौँबाट पोखराको लागि २५ मिनेटको उडान र त्यसपछि अर्को विमानमा चढेर २० मिनेटको जोमसोमको यात्रा गर्नुपर्नेछ। काठमाडौँबाट १२ घण्टाको ड्राइभ गरेर पुग्न सकिन्छ ।
हवाई यात्रा भन्दा पनि वैकल्पिक यात्राको क्रममा देखिने दृश्यहरूले थप मनमोहक बनाउन सक्छ ।
थप तस्बिर:-














काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

