सहकारी दिवसको अवसरमा पामे बजार सरसफाई
पाेखरा | चैत १९, २०८१

पोखरा: ६८ औं राष्ट्रिय सहकारी दिवस अवसरमा पामे बचत तथा ऋण सहकारीले पामे बजारमा सरसफाई कार्यक्रम गरेको छ । पोखरा २४ पामे बजारमा सहकारीका सदस्य सहित स्थानीय, प्रहरी, आमा समुह मिलेर सरसफाइ गरेका हुन् ।
सरसफाइ अभियानमा फेवा क्लब पामे, फेवा आमा समुह पामे, सिर्जनशिल आमा समुह पामे, प्रहरी चौकी पामे लगाएतको सक्रिय सहभागीता रहेको थियो ।
मर्यादीत सहकारी, समुउन्नत समाज भन्ने मूल नाराका साथ ६८ औं राष्ट्रिय सहकारी दिवस बुधबार मनाउदै छन् ।
पामे बजार फेवातालका मुहान क्षेत्रका साथै पर्यटकी स्थल भएका कारण पनि सरसफाइमा ध्यान दिदै आफुहरुले सर सफाइ गरेका सहकारीका अध्यक्ष नवराज पराजुलीले जानकारी दिए । उनले सहकरीले सामाजीक क्षेत्रमा पनि बेला बेला विभिन्न काम गर्दै आएको बताए ।
पामे बजारमा रहेका विभिन्न प्लाष्ट्रिक, बोतल लगाएतका फोहोरहरु भेटिएको सहकारीका व्यवास्थापक सुर्यमोहन पराजुलीले बताए । उनले पामे बजारलाई सधै सफा राख्नु पर्ने बताउदै बजारको फोहोर फेवातालमा जाने भएकाले पनि सफा राख्नु पर्ने बताए ।
सहकरीमा १ हजार १० जना शेयर सदस्य, अधिकृत पुँजी १५ करोड, चुक्ता पुँजी १० करोड १० लाख रहको छ । आर्थिक वर्ष २०८०र८१ मा १७ करोड ९ लाख ७८ हजार निक्षेप संकलन गरी २५ करोड ४ लाख १६ हजार कर्जा प्रवाह गरेको छ ।
पोखरा: नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीज नेपाली महिलाहरुको सम्मानको पर्व रहेको बताएका छन् । ‘हाम्रो सँस्कृति हाम्रो पहिचान लोप...
पोखरा: बेष्ट डेस्टिनेशन एजुकेशनल प्रालिको नयाँ शाखा पोखरामा विस्तार हुने भएको छ । २०७६ सालदेखि चितवनमा सञ्चालन हुँदै आएको अग्रणी शिक्षा परामर्श संस्था बेष्ट डेस्टिनेशन एजुकेशनल प्रालिले भदौं ११ गतेदेखि प...
पोखरा: आमा समुहले आर्थिक उपार्जन गर्ने मात्र नभई आप्mना सदस्यलाई दुःख पर्दा सहयोग गर्दछन् भन्ने यहाँको एउटा आमा समुह उदाहरणीय बनेको छ । पोखरा १७ घारीपाटनस्थित शुभकामना आमा समुहले क्यान्सर पिडीत...