पर्वतमा ट्याक्टर दुर्घटना हुँदा एक किशोरको मृत्यु, चालकको अवस्था गम्भीर

पर्वत | चैत १९, २०८१

पर्वतमा ट्याक्टर दुर्घटना हुँदा एक किशोरको मृत्यु, चालकको अवस्था गम्भीर

पर्वत: पर्वतको जलजला गाउँपालिका वडा नं ५ लेखफाँटमा आज भएको ट्र्याक्टर दुर्घटनामा परी १५ वर्षीय एक किशोरको घटनास्थलमै ज्यान गएको छ । 

    
दुर्घटनामा परी जलजला गाउँपालिका–५ गिद्धेश्वरका १५ वर्षीय रोशन परियारको घटनास्थलमै मृत्यु भएको हो भने ट्र्याक्टर चालक सोही स्थानका २० वर्षीय अनिल रेग्मीको अवस्था गम्भीर रहेको छ । 

    
लेखफाँटको गिद्धेश्वरबाट गैरीगाउँतर्फ जाँदै गरेको ग१त २२६० नम्बरको खाली ट्र्याक्टर सडकदेखि एक सय मिटर तल भिरमा खसेर दुर्घटना भएको हो । 


घाइते रेग्मीलाई थप उपचारका लागि प्रदेश अस्पताल म्याग्दी पठाइएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक रामप्रसाद सापकोटाले जानकारी दिनुभयो । 

    
घटनाका बारेमा बारीबेनी प्रहरी चौकीबाट पुगेको प्रहरीको टोलीले अनुसन्धान गरिरहेको सापकोटाले बताउनुभयो । चालकले नियन्त्रण गुमाउँदा दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान रहेको छ । 

काठमाडौं:  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ । साथै, बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेकाले मनसुन गतिविधि केही बढ्ने देखिन्छ । मौसम पूर्वानुमान महा...

थप पढ्नुहोस्

काठमाडौं:  दिवङ्गत पितालाई तर्पण, सिदादान र पिण्ड अर्पण गर्न आज बिहानैदेखि काठमाडौंको उत्तर पूर्वी भेगस्थित गोकर्णेश्वर उत्तरगया पितृ तीर्थ धाममा हजारौँ भक्तजनको घुइँचो छ । भाद्रकृष्ण औँसीका दिनमा गोकर्ण...

थप पढ्नुहोस्

 पोखरा:   नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीज नेपाली महिलाहरुको सम्मानको पर्व रहेको बताएका छन् ।  ‘हाम्रो सँस्कृति हाम्रो पहिचान लोप...

थप पढ्नुहोस्