ताङतिङमा हुने चैते दशैं मेलाको तयारी तिब्र, बास्केटबल र भलिबल प्रतियोगिताको मुख्य आकर्षण

भलिबल र बास्केटबलको उपाधि राशी १ लाख

कास्की | चैत २०, २०८१

ताङतिङमा हुने चैते दशैं मेलाको तयारी तिब्र, बास्केटबल र भलिबल प्रतियोगिताको मुख्य आकर्षण

पोखरा:   कास्कीको पर्यटकीय गाउँ ताङतिङमा आयोजना हुने ३१ औं चैत्र मेला, विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ ।

 

ताङतिङ क्लबको आयोजनामा यही २२ गतेदेखि २६ गतेसम्म मादी गाउँपालिका २ ताङतिङमा हुने मेलाको तयारी तिब्र पारिएको क्लबका अध्यक्ष हिमाल गुरुङले जानकारी दिए ।

 

उनका अनुसार उक्त मेलामा मुख्य आकर्षणको रुपमा खुला पुरुष भलिबल तथा बास्केटबल प्रतियोगिता समावेश गरिएको छ ।

 

यस्तै पुरुष तथा महिला छेलो हान्ने प्रतियोगिता, पुरुष दौड प्रतियोगिताको आयोजना गरिनेछ ।

 

खुला भलिबल तथा बास्केटबलतर्फको विजेता टिमलाई नगद रु १ लाखसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने अध्यक्ष गुरुङले बताए । यस्तै दुवै प्रतियोगिताको उपविजेता टिमलाई नगद रु ७० हजारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ ।

 

उनका अनुसार पुरुष दौडतर्फ प्रथमलाई ४० हजार, द्वित्तियलाई ३० हजार, तृतीयलाई २० हजार, चौथो हुनेलाई १० हजार, पाँचौ, छैटौं र सातौ हुनेलाई क्रमश ८ हजार, ६ हजार र ५ हजार रुपैयाँले पुरस्कृत गरिनेछ । 

 

 

 

पुरुष छेलो हान्ने प्रतियोगिताको विजयीलाई २५ हजार नगद, उपविजयी बन्नेलाई १५ हजार प्रदान गरिने उनले बताए । यस्तै महिलातर्फको विजेतालाई १० हजार र उपविजयी बन्नेलाई ५ हजार प्रदान गरिनेछ ।

 

पुरुष डोरी तान्नेतर्फ प्रथम हुने समूहलाई नगद रु ३० हजार र द्वित्तिय हुने समूहलाई २० हजार, ३५ वर्ष माथि उमेरसमूहतर्फको बास्केटबल प्रतियोगिताको विजेता टिमलाई २० हजार र उपविजेता टिमलाई १० हजार प्रदान गरिने क्लबका सचिव बिन गुरुङले जानकारी दिए । 

 

उक्त कार्यक्रममा  लाइभ कन्सर्ट तथा ख्याती प्राप्त लोक तथा दोहोरी कलाकारहरुको बेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ ।

पोखरा:   नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले सञ्चालन गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा निर्माता एवं अभिनेत्री माया गुरुङले आर्थिक सहयोग गरेकी छिन् ।    गुरुङ चलचित्...

थप पढ्नुहोस्

इटहरी:     गोलीसहितको पेस्तोल र केही परिमाणमा  लागुऔषधसहित नेपाल प्रवेश गर्नलागेका एक भारतीय नागरिकलाई सशस्त्र प्रहरी बलको टोलीले सुनसरी जिल्लाको कोशी गाउँपालिका–३, जमुवा क्ष...

थप पढ्नुहोस्

पोखरा:     राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्की निर्वाचन क्षेत्र नम्बर–१ का उम्मेदवार गनेस पौडेलले घरदैलो केन्द्रित संवाद यात्रा अभियानलाई निरन्तरता दिएका छन्।   यसअन्तर्गत विहिब...

थप पढ्नुहोस्