फेवा नववर्ष महोत्सवको निम्तो दिन काठमाडौं पुग्यो होटल संघको टोली
तयारी अन्तिम चरणमा
पाेखरा | चैत २३, २०८१
पोखरा: होटल संघ पोखरा नेपालले आगामी ३० गतेदेखि आगामी वैशाख १ गतेसम्म लेकसाइडमा २० औं फेवा नववर्ष महोत्सव आयोजना गर्दैछ ।
त्यसका लागि पत्रकार सम्मेलनमार्फत निम्तो दिन होटल संघको टोली काठमाडौं पुगेको हो ।
सो अवसरमा बोल्दै महोत्सवका संयोजक तथा होटल संघका अध्यक्ष लक्ष्मण सुवेदीले नेपाली संस्कृतिको जगेर्ना गर्दै पोखराको पर्यटन प्रवद्र्धन गर्ने उदेश्यसहित विगत २२ वर्षदेखि नववर्ष महोत्सवको आयोजना हुँदै आएको बताए ।
उनले कोरोना भाइरसको महामारीका कारण दुई वर्ष महोत्सव रोकिएको जानकारी दिदैं फेरि लयमा फर्किएको बताए ।
उनका अनुसार सो महोत्सव खहरेदेखि ड्यामसाइडसम्मको सडकमा आयोजना हुनेछ ।
उक्त महोत्सवमा प्रदेशस्तरीय मौलिक तथा रैथाने परम्परागत खानाको प्रदर्शनी, सांस्कृतिक कार्यक्रमहरुको प्रस्तुती, मनोरञ्जनात्मक खेलकुद कार्यक्रम र पर्यटक दौड प्रतियोगिता लगायतका कार्यक्रमहरु समावेश गरिने निवर्तमान अध्यक्ष विकल तुलाचनले जानकारी दिए ।
उनका अनुसार महोत्सव अवधिमा पर्यटकलाई २० प्रतिशत छुट दिइने छ ।
सो महोत्सवले पोखरा महानगरपालिकाले घोषणा गरेको भिजिट पोखरा इयर २०२५ अन्तर्गत २० लाख पर्यटक पोखरा भित्र्याउने लक्ष्यलाई टेवा पुर्याउने विश्वास लिइएको छ ।
महोत्सवको मुख्य प्रायोजकका रुपमा गोर्खा ब्रुअरी प्रा.लि, सहप्रायोजकका रुपमा बरुण बेभरेज प्रालिको पेप्सी, प्रायोजकहरुमा बन्दीपुर केवलकार प्रालि, फोन पे, अन्नपुर्ण केवलकार प्रालि, टोकला चिया रहेका छन् ।
यस्तै इन्स्योरेन्स पार्टनरमा प्रभु इन्स्योरेन्स कम्पनी रहेको छ भने, प्रवद्र्धकमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, र पोखरा महानगरपालिकका रहेका छन् ।
पोखरा: नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेशले सञ्चालन गरेको ‘निट पत्रकारिता पुरस्कार’ बाट पत्रकार भरत कोइराला सम्मानीत हुने भएका छन् । पोखरा महेन्द्रपुलमा सञ्चालनमा ...
पोखराः पोखराको प्रतिष्ठित ट्रेल रनिङ प्रतियोगिता ‘फिसटेल रेस’ २०२५ मा म्याराथन (४२ किलोमिटर) पुरुष तर्फ नेपाल र महिला तर्फ अमेरिकी नागरिकले उपाधि जितेका छन् । &ls...
पोखरा: आइटिएफ वल्र्ड टेनिस टुर जुनियर्स जे–३० पोखराको ब्वाइज सिंगल्सतर्फ कोरियाका युल हो जुङ र श्रीलंकाका गानुका फर्नान्डो फाइनलमा प्रवेश गर्दा गल्र्सतर्फ नेपालकी शिवाली गुरूङ र चाइनिज ताइपेईकी के&n...

