नवौँ पोखरा स्पोर्ट्स अवार्ड: 'टाइगर ग्रुप' उत्कृष्ट प्रशिक्षक प्रायोजक

पाेखरा | चैत २७, २०८१

नवौँ पोखरा स्पोर्ट्स अवार्ड: 'टाइगर ग्रुप' उत्कृष्ट प्रशिक्षक प्रायोजक

पोखरा:   नवौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्डको उत्कृष्ट प्रशिक्षक विधाको पुरस्कार प्रायोजन टाइगर ग्रुप अफ पोखरा नेपालले गर्ने भएको छ ।

 

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै खेलकुदको क्षेत्रमा पदक ल्याउँदै योगदान दिने खेलाडी, प्रशिक्षक, सङ्घ संस्था, पत्रकार, खेलकर्मीलाई वर्षेनी सम्मान गर्दै आइरहेको छ ।

 

आगामी बैशाखमा हुने अवार्डको तयारीमा जुटेको मञ्चलाई टाइगर ग्रुपले वर्ष उत्कृष्ट प्रशिक्षक विधा प्रयोजन गर्ने सम्झौता भएको हो । 

 

टाइगर ग्रुपका अध्यक्ष नारायण प्रसाद शर्माले गण्डकी प्रदेशको खेलकुदलाई उचाइमा पुर्‍याउन स्पोर्ट्स अवार्डले महत्वपूर्ण कदम चालेको बताए ।

 

उनले खेलाडीलाई खेल खेलेपछि पाउने भनेकै सम्मान रहेको र यस्ता किसिमका अवार्डहरूले थप उर्जा मिल्नेमा आशावादी रहेको बताए ।

 

मञ्चका अध्यक्ष एमबी आस्था मगरले अवार्डलाई सम्पन्न गर्न टाइगर ग्रुपको साथ अमूल्य रहेको सुनाए । टाइगर ग्रुपले गर्दै आइरहेको टाइगर कपले अन्तर्राष्ट्रिय स्तरमै ख्याति प्राप्त गरेको र यसले भलिबललाई उकास्न थप मद्दत गरेको सुनाउँदै गण्डकी प्रदेश भित्र रहेका प्रतिभावान् खेलाडीसँगै प्रशिक्षक, खेल सङ्घ वा क्लब, खेलकर्मी तथा पत्रकारलाई समेत हौसला प्रदान गर्नका लागि अवार्ड प्रदान गर्दै आइरहेको सुनाए । 

 

आफूहरू अवार्डको तयारीमा जुटिरहेको आगामी दिनमा समेत दुई संस्थाबीचमा भाइचाराको सम्बन्ध प्रगाढ रहने सुनाए ।

 

अवार्डका लागि सहारा क्लब पोखराले उदीयमान खेलाडी विधा यस अघि नै प्रायोजन गरिसकेको छ भने अवार्ड कार्यक्रममा गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले विशेष सहयोग रहने छ ।

--

पोखरा: नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटिभिए) गण्डकी प्रदेशले पोखराहुँदै बाग्लुङ, बुर्तिबाङ र ढोरपाटनसम्मका विभिन्न पर्यटकीय गन्तव्यलाई लक्षित गरी सञ्चालित तीन दिने पर्यटन प्रवद्र्धन कार्यक्रम सकिएको छ ।  ...

थप पढ्नुहोस्

पोखरा:   पोखरामा सम्पन्न आइटिएफ जे३० वर्ल्ड टेनिस टुर सर्किट २ मा सिभाली गुरूङले दोहोरो उपाधि रच्दै आफ्नो उमेर समुहमा इतिहास रचेकी छन् ।  कास्की जिल्ला टेनिस संघको आयोजनामा गत शनिबार पोखरामा स...

थप पढ्नुहोस्

काठमाडौं:    नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको उपाधि लुम्बिनी लायन्सले उचालेको छ ।  लुम्बिनीले फाइनलमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले हराउँदै उपाधि उचालेको हो ।  सुरुमा ब्...

थप पढ्नुहोस्