बाढीले निर्माणाधीन  पुल भत्काउँदा दुई करोड बराबरको क्षति

उदयपुर | चैत २८, २०८१

बाढीले निर्माणाधीन  पुल भत्काउँदा दुई करोड बराबरको क्षति

उदयपुर:   आज बिहानदेखि परेको अविरल वर्षापछिको बाढीले यहाँको कटारी नगरपालिका–२ स्थित अमाहा खोलामा निर्माणाधीन पक्की पुलमा क्षति पुर्याएको छ । 


सिद्धिचरण राजमार्गअन्तर्गत सिमानपुर र कल्याणपुर जोड्ने निर्माणाधीन पक्की पुलमा क्षति पुगेको सो वडाका वडाध्यक्ष प्रेम थापा क्षेत्रीले जानकारी दिनुभयो । ‘प्रिस्टेड’ प्रविधिद्वारा निर्माणाधीन पुल बाढीका कारण भाँचिएको छ ।


इलाका  प्रहरी कार्यालय कटारीका प्रहरी नायब उपरीक्षक कमल बजगार्इँका अनुसार पुल भाचिँदा रु दुई करोड बराबरको क्षति भएको अनुमान गरिएको छ । “रु दुई करोड बराबरको क्षति पुगेको “प्रारम्भिक अनुमान गरिएको छ, अर्को बनाउनुको विकल्प छैन”, उहाँले भन्नुभयो, “प्राविधिक मूल्याङ्कनपछि वास्तविक क्षतिको विवरण आउँला ।”


मिर्चैया–कटारी–घुर्मी सडक योजनाका इन्जिनियर महेश साहका अनुसार पुल ढलान गरिएको १८ दिनमात्र भएको थियो । “त्यहाँ राखिएका तारहरु २८ दिनपछि तन्काउनुपर्ने हुन्थ्यो तर बाढीले क्षति पुर्याइदियो”, उहाँले भन्नुभयो ,“यसको बिमा गरिएको हुन्छ अब निर्माण कम्पनीले दाबी गरेर काम अघि बढाउँछ ।”


पचास मिटर लम्बाइ र ११ मिटर चौडाइको पुलमुनि लगाइएको हृयुमपाइपमा थुनिएर जम्मा भएको पानीले फर्मा र टेका बगाउँदा पुल भाँचिएको उहाँको भनाइ छ । सूर्य एन्ड सन प्रालि धरानले दुई वर्षमा निर्माण सम्पन्न गर्नेगरी २०७९ असार २९ गते उक्त सडकखण्डअन्तर्गत पर्ने चारवटा पुल एकमुष्ट रु २८ करोड ९९ लाख ५२ हजारमा ठेक्का लिएको थियो । 

 पोखरा:   नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीज नेपाली महिलाहरुको सम्मानको पर्व रहेको बताएका छन् ।  ‘हाम्रो सँस्कृति हाम्रो पहिचान लोप...

थप पढ्नुहोस्

पोखरा:  बेष्ट डेस्टिनेशन एजुकेशनल प्रालिको नयाँ शाखा पोखरामा विस्तार हुने भएको छ । २०७६ सालदेखि चितवनमा सञ्चालन हुँदै आएको अग्रणी शिक्षा परामर्श संस्था बेष्ट डेस्टिनेशन एजुकेशनल प्रालिले भदौं ११ गतेदेखि प...

थप पढ्नुहोस्

पोखरा:  आमा समुहले आर्थिक उपार्जन गर्ने मात्र नभई आप्mना सदस्यलाई दुःख पर्दा सहयोग गर्दछन् भन्ने यहाँको एउटा आमा समुह उदाहरणीय बनेको छ ।  पोखरा १७ घारीपाटनस्थित शुभकामना आमा समुहले क्यान्सर पिडीत...

थप पढ्नुहोस्