पूर्वप्रेमीको नक्कली फेसबुक आइडी बनाएर चरित्र हत्या गरेको अभियोगमा बिन्दु पक्राउ

काठमाडाैं | बैशाख १, २०८२

पूर्वप्रेमीको नक्कली फेसबुक आइडी बनाएर चरित्र हत्या गरेको अभियोगमा बिन्दु पक्राउ

काठमाडौं:  पूर्वप्रेमीको नक्कली फेसबुक आइडी बनाएर चरित्र हत्या गर्ने महिला पक्राउ परेकी छन् । सो आइडीमार्फत निज पुरुष, उसको श्रीमती र नजिकका आफन्तलाईसमेत दुःख दिएको आरोपमा गोरखाकी ३० वर्षीया बिन्दु परियारलाई प्रहरीले पक्राउ गरेको हो । 

    
आफूसँग सरोकार नै नभएका अन्य विभिन्न सामाजिक सञ्जाल प्रयोगकर्तालाई उक्त ‘फेक आइडी’बाट गालीगलौज गरी आफ्नो चरित्र हत्या गरेको भन्ने निवेदनका आधारमा साइबर ब्यूरोले परियारलाई पक्राउ गरेको हो । 

    
वैदेशिक रोजगारीका क्रममा मलेसियामा रहेकी ती महिलालाई स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ गरिएको ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दिपकराज अवस्थीले जानकारी दिनुभयो । पक्राउ परेकी ती महिलालाई प्रहरीले आज सार्वजनिक गरेको हो । 

    
पीडित पुरुषको जाहेरीपछि प्रहरीले निज उपर विद्युतीय  कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा गत पुसमा मुद्दा दर्ता गरेको थियो । त्यसलगत्तै बिन्दु फरार भएकी थिइन् । 

    
उनलाई खोजी गर्न नेपाल प्रहरीले इन्टरपोलमार्फत ‘रेड नोटिस’ समेत जारी गरेको थियो । वैदेशिक रोजगारीबाट फर्कने क्रममा नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाको समन्वय र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल कार्यालयको सहयोगमा ती महिलालाई पक्राउ गरिएको ब्यूरोले जनाएको छ ।

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्