मकवानपुरको धरमपानीमा दुर्घटना, २ जनाको मृत्यु

हेटौंडा | बैशाख ५, २०८२

मकवानपुरको धरमपानीमा दुर्घटना, २ जनाको मृत्यु

मकवानपुरमा गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ।

 

शुक्रबार बिहान मकवानपुरको मकवानपुरगढी गाउँपालिका-२ धरमपानीस्थित कान्ती लोकपथमा  काठमाडौंबाट हेटौडा जाँदै गरेको बा.प्र ०१-००६ ख ७०७२ नम्बरको विद्युतीय गाडी दुर्घटना हुँदा दुई महिलाको मृत्यु भएको हो।

 

मृत्यु हुनेमा रौतहटको दुर्गाभवानी गाउँपालिका- ५ कि ५० वर्षीय निलमदेवी राउत र सर्लाहीको बागमती गाउँपालिका- ७ कि १३ वर्षीया मानुसी मगर छिन्।

 

 मकवानपुर प्रहरीका अनुसार बिहान १ बजे उक्त गाडी सडकबाट झन्डै २ सय मिटर तल खसेको थियो।

 

दुर्घटनामा ११ जना मध्यम र २ जना घाइते भएका छन्।
 

घाइतेहरुको हेटौंडा अस्पताल र मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। गाडीमा चालकसहित १६ जना सवार थिए। 

काठमाडौं:  नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले आसन्न ११ औँ राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने भएको छ ।  एमाले उपमहासचिव प्रदीप ज्ञवालीले नेतृत्व चयन प्रक्रिया...

थप पढ्नुहोस्

गण्डकी:  ण्डकी प्रदेशको राजधानी पोखरा प्राकृतिक सुन्दरताका साथै ऐतिहासिक सम्पदाका कारण विश्वमाझ परिचित छ । पोखरा मात्र नभई समग्र गण्डकी प्रदेशले प्रकृति, संस्कृति र साहसिक पर्यटनका कारण अन्तरराष्ट्रिय रूपमा चर्...

थप पढ्नुहोस्

तनहुँ:  मुग्लिन–पोखरा खण्डअन्तर्गत तनहुँको व्यास नगरपालिका–३ दुर्गा मन्दिर नजिक भासिएको सडक चार महिनापछि मर्मत गर्न थालिएको छ ।  दुई लेनमा रहेको उक्त सडक अस्थायी संरचना बनाएर चार ले...

थप पढ्नुहोस्