मिर्गौला प्रत्यारोपणमा आर्थिक अभाव
बाग्लुङ | साउन २२, २०७९
बागलुुङको ताराखोला गाउँपालिका-५ करिमेलाका २५ वर्षीय सङ्कल रोका मिर्गौला रोगबाट ग्रस्त हुनुहुन्छ । दुवै मिर्गौलाले काम गर्न छाडेपछि उहाँमा अर्कैको मिर्गौला प्रत्यारोपण गर्नुपर्ने अवस्था छ । छ महिनाअघि रोजगारीका लागि विदेश जानुपूर्व स्वास्थ्य जाँच गर्दा रोकामा मिर्गौलाको समस्या देखिएको थियो ।
त्यसअघि तीन वर्ष कतार र एक वर्ष युएईमा काम गरेर फर्कुनभएका उहाँ पुनः रोजगारीका लागि बहराइन जाने तयारीमा हुनुहुन्थ्यो । अकस्मात मिर्गौलामा समस्या देखिएपछि उहाँ विदेश जान नपाई घर फर्कनुप¥यो । कमाउन विदेश हिँड्नुभएका रोका उल्टै बिरामी परेर घर फर्केपछि परिवारमा पनि समस्या आइपरेको छ ।
मिर्गौलाको महँगो उपचार र प्रत्यारोपण कसरी गर्ने भन्ने पिरलो थपिएको छ । न्यून आय भएको उहाँको परिवारले उपचार खर्च धान्न सक्ने स्थिति छैन । शहीद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्र र वीर अस्पताल काठमाडौँमा स्वास्थ्य जाँच गराउँदा चिकित्सकले दुवै मिर्गौलाले काम नगरेको बताएका थिए ।
रोकामा मिर्गौला प्रत्यारोपण नै गर्नुपर्ने भएपछि आवश्यक खर्चको जोहोका लागि परिवारजनले सहयोगको याचना गरेका छन् । आमा बिरमाको मिर्गौला दान दिने तयारी गरे पनि स्वास्थ्य जटिलताका कारण चिकित्सकले दिन नमिल्ने बताएको रोकाका बुबा भीमबहादुरले बताउनुभयो ।
भीमबहादुरले मिर्गौला दिने दाताको खोजी भइरहेको बताउनुभयो । “मिर्गौला दिने कोही त भेटिनुहोला, तर उपचार खर्च हामीसँग छैन, छोरालाई कसरी बचाउने भन्ने चिन्ता छ”, उहाँले भन्नुभयो, “सबैसँग सहयोगका लागि अनुरोध गरेका छौँ ।”
परिवारको आग्रहमा स्थानीय नवसिर्जना र असारे युवा क्लबले आर्थिक सहयोग अभियान सुरु गरेको नवसिर्जना युवा क्बलका अध्यक्ष पूर्णभद्र न्युरेले बताउनुभयो । आर्थिक सहायताका लागि सङ्कल रोकाका नाममा प्रभु बैङ्कमा रहेको खाता नं. ०६००१५१२५३२०००१६ रकम जम्मा गर्न सकिने जनाइएको छ ।
पोखरा: बागलुङको ताराखोला गाउँपालिका–१ भुस्कातमा तमु समुदायको मुख्य पर्व ल्होछार/ल्होसार पर्व विविध कार्यक्रमका साथ मनाइने भएको छ । तमु ह्युल छोँज धी (गुरुङ राष्ट्रिय परिषद्) ताराखो...
काठमाडौं: नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य हालसम्मकै उच्च भएको छ । आज तीन हजार चार सयले बढेर सुन प्रतितोला दुई लाख ६१ हजार सात सय रुपियाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले ...
काठमाडौं: नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीले १५औँ महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्ने बताउनुभएको छ । काठमाडौँ क्षेत्र नं ६ का पार्टीका कार्यकर्ता तथा मतदातालाई सम्...

