पूर्वाञ्चललाई ७ गोल प्रहार गर्दै फुटसलमा इक्यान कास्की च्याम्पियन
चितवन | बैशाख ७, २०८२
पोखरा: नेपाल शैक्षिक परामर्श संघ (इक्यान) चितवनद्वारा आयोजित अन्तर इक्यान राष्ट्रिय फुटसल प्रतियोगितामा इक्यान कास्की च्याम्पियन बनेको छ ।
शनिबार भएको फाइनल खेलमा पूर्वाञ्चललाई ७–० गोल अन्तरले हराउँदै कास्की च्याम्पियन बनेको हाे।
च्याम्पियन बनेसँगै इक्यान कास्कीले ६६ हजार नगद, ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गर्याे ।
उपविजेता इक्यान पूर्वाञ्चलले ३६ हजार नगद, ट्रफी, प्रमाणपत्र र मेडल हात पार्याे ।
सात टिमको सहभागिता रहेको फुटसल प्रतियोगिताका विजेता र उपविजेता टिमलाई इक्यानका केन्द्रीय अध्यक्ष शेषराज भट्टराई, प्रथम उपाध्यक्ष लक्ष्मण पौडेल लगायतले पुरस्कार प्रदान गरे ।
प्रतियोगितामा काठमाडौं, कास्की, पूर्वाञ्चल, मकवानपुर र रुपन्देहीबाट एक/एक टिम र आयोजक टिम चितवनबाट २ टिम सहभागी रहेको थियाे ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

