घरजग्गाको कारोबार वृद्धि

काठमाडाैं | जेठ ७, २०८२

घरजग्गाको कारोबार वृद्धि

काठमाडौं:  चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनामा घरजग्गाको कारोबारबाट पौने ३८ अर्ब रुपियाँ राजस्व सङ्कलन भएको छ । 


भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार चालु आवको साउनदेखि वैशाखसम्म घरजग्गा कारोबारबाट ३७ अर्ब ७६ करोड ७१ लाख रुपियाँ राजस्व सङ्कलन भएको हो । 


घरजग्गाको कारोबारमा सामान्य सुधार आएसँगै राजस्व सङ्कलनमा वृद्धि भएको तथ्याङ्कले देखाएको छ । चैतको तुुलनामा वैशाखमा घरजग्गा कारोबार र कित्ताकाट दुवैको लिखत पारित बढेको विभागले तथ्याङ्क छ ।


विभागका अनुसार चालुु आवको साउनमा तीन अर्ब ८३ करोड ५० लाख, भदौमा तीन अर्ब नौ करोड दुई लाख, असोजमा तीन अर्ब आठ करोड १२ लाख, कात्तिकमा दुई अर्ब ७० करोड रुपियाँ राजस्व सङ्कलन भएको छ । 


विभागका अनुसार मङ्सिरमा तीन अर्ब ८७ करोड ४८ लाख, पुसमा चार अर्ब २५ करोड, माघमा तीन अर्ब ८७ करोड, फागुनमा चार अर्ब १२ करोड र चैतमा चार अर्ब ३९ करोड ४६ लाख रुपियाँको घरजग्गाको कारोबारबाट राजस्व सङ्कलन भएको विभागको तथ्याङ्क छ ।


सबैभन्दा बढी राजस्व वैशाखमा चार अर्ब ५४ करोड २२ लाख र सबैभन्दा कम कात्तिकमा दुई अर्ब ७० करोड ४० लाख रुपियाँ राजस्व सङ्कलन भएको तथ्याङ्क छ । 


विभागका अनुसार वैशाखमा मात्रै ५२ हजार ४२३ वटा नयाँ घरजग्गा किनबेच भएका छन् । गत चैतमा ४९ हजार ८३२ वटा नयाँ घरजग्गा किनबेच भएको थियो । वैशाखमा कुल लाख ४४ हजार ६० र चैतमा एक लाख ४७ हजार ४१६ वटा कारोबार भएको विभागको तथ्याङ्क छ  । 


घरजग्गाको कारोबारबाट सेवा कर, रजिस्ट्रेसन दस्तुर, पुुँजीगत दस्तुुर, अतिरिक्त शुल्क, डोर सुविधा, पुँजीगत लाभकर, विलम्ब शुल्क, नगर पूर्वाधार विकास शुल्क, मुख्यमन्त्री स्वच्छता अभियान कोष शुल्क, नारायणी तथा राप्ती सभ्यतालगायतका शीर्षकमा राजस्व सङ्कलन हुने गरेको छ । पुँजीगत लाभकरबापत उठ्ने राजस्व मात्रै सङ्घ सरकारको खातामा जाने विभागले जनाएको छ ।

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्