टिपटपको तेस्रो जित
पाेखरा | जेठ १०, २०८२
पोखरा: पोखरामा जारी नवौें प्रधानमन्त्री कप– एनभिए महिला तथा पुरुष भलिबल लिगको पुरुषतर्फको तेस्रो खेलमा टिपटप हेल्प नेपालले नेपाल एपिएफ क्लबलाई पराजित गरेको छ ।
पोखरा रंगशालाको बहुउद्धेश्यीय कभर्ड हलमा भएको खेलमा टिपटपले एपिएफलाई ३–० को सोझो सेटमा पराजित ग¥यो । टिपटपले एपिएफलाई २५–२१, २५–२२ र २५–२१ ले पराजित गर्दै प्रतियोगितामा लगातार तेस्रो जित निकाल्दै ९ अङ्क जोड्न सफल भयो ।
आजको दोस्रो खेलमा गण्डकी प्रदेशले नेपाल पुलिस क्लबलाई सोझो सेटमा पराजित गरेको छ ।
पोखरा रंगशालाको बहुउद्धेश्यीय कभर्ड हलमा भएको खेलमा गण्डकीले पुलिसलाइ ३–० को सोझो सेटमा पराजित गर्यो ।
गण्डकीले पहिलो सेटको सुरुवाती अङ्कमा पछि परे पनि २५–२२ को जित निकाल्यो । दोर्सो सेटमा गण्डकीले पुनः २५–२२ को जित निकाल्यो । तेस्रो सेट गण्डकीले २५–२३ को जित निकाल्यो ।
यस जित सगै गण्डकीको तीन खेलमा ९ अङ्क भएको छ । पुलिसको ६ अङ्क छ ।
यस्तै प्रतियोगिताको आजको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले उत्कृष्ट पूनरागमन जित निकालेको छ ।
त्रिभुवन आर्मी क्लबले बुटवलको मणिमुकुण्ड भलिबल क्लबलाई ३–२ को सेट निकाल्यो । आज आर्मीसँग पराजित भएपनि मणिकुमुण्डले आर्मीसँग १ अङ्क खोज्न सफल भएको छ ।
यस्तै महिलातर्फको आजको तेस्रो खेलमा टिपटप न्यु डायमन्डले बुटवलको एभरेष्ट भलिबल क्लबलाई ३–१ को सेटमा पराजित गरेको छ ।
पोखरा रंगशालाको बहुउद्धेश्यीय कभर्ड हलमा भएको खेलमा न्यु डायमन्डले एभरेष्टलाई ३–१ को सेटमा पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित निकाल्यो ।
यस्तै आज नै भएको दोस्रो खेल नेपाल एपिएफ क्लबले त्रिभुवन आर्मी क्लबलाई सोझो सेटमा पराजित गरेको छ । एपिएफले आर्मीलाई ३–० को सोझो सेटमा पराजित गरेको हो ।
यस्तै आजको पहिलो खेलमा नेपाल पुलिस क्लबले कर्णाली प्रदेशलाई सोझो सेटमा पराजित गरेको छ ।
यस्तै महिलातर्फ नै आज तेस्रो खेल टिपटप न्यु डायमण्ड र बुटवलको एभरेष्ट भलिबल क्लबबीच प्रतिस्पर्धा भइरहेको छ ।
नेपाल भलिबल संघको आयोजनामा भएको नवौं प्रधानमन्त्री कप– एनभिए महिला तथा पुरुष दुवैतर्फका विजेताले ८ लाख, उपविजेताले ४ लाख र तेस्रो हुने टोलीले २ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
त्यस्तै, सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् भने उत्कृष्ट लिबेरो, सर्भर, ब्लकर, लिफ्टर, स्पाइकर र प्रशिक्षकहरूले जनही २५ हजार रुपैयाँ पुरस्कार पाउने छन् ।
काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले आसन्न ११ औँ राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने भएको छ । एमाले उपमहासचिव प्रदीप ज्ञवालीले नेतृत्व चयन प्रक्रिया...
गण्डकी: ण्डकी प्रदेशको राजधानी पोखरा प्राकृतिक सुन्दरताका साथै ऐतिहासिक सम्पदाका कारण विश्वमाझ परिचित छ । पोखरा मात्र नभई समग्र गण्डकी प्रदेशले प्रकृति, संस्कृति र साहसिक पर्यटनका कारण अन्तरराष्ट्रिय रूपमा चर्...
तनहुँ: मुग्लिन–पोखरा खण्डअन्तर्गत तनहुँको व्यास नगरपालिका–३ दुर्गा मन्दिर नजिक भासिएको सडक चार महिनापछि मर्मत गर्न थालिएको छ । दुई लेनमा रहेको उक्त सडक अस्थायी संरचना बनाएर चार ले...

