हिट एण्ड रन: उपचारको क्रममा लैंगिक तथा यौनिक अल्पसंख्यकको मृत्यु

पाेखरा | जेठ १७, २०८२

हिट एण्ड रन:  उपचारको क्रममा लैंगिक तथा यौनिक अल्पसंख्यकको मृत्यु

पोखराको सृजनाचोकमा स्कुटरको ठक्करबाट गम्भीर घाइते भएका एक लैङ्गिक तथा यौनिक अल्पसंख्यक व्यक्तिको उपचारको क्रममा मृत्यु भएको छ ।

 

कास्की प्रहरीका अनुसार मादी गाउँपालिका घर भई पोखरामा बसोबास गर्दै आएका ईच्छा क्षेत्री भन्ने विष्णुबहादुर बुढाथोकी लाई जेठ १२ गते राति करिब १०:५० बजे सृजनाचोक र सभागृह चोकबीचको सडक खण्डमा सडक पार गर्ने क्रममा अज्ञात स्कुटरले ठक्कर दिई फरार भएका थिए । 

 

उनको उपचारकै क्रममा जेठ १४ गते उनको निधन भएको थियो ।

 

उक्त घटनापछि काठमाडौँ महानगरपालिका–२६ निवासी ३३ वर्षीय समिरराज महर्जनलाई पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ ।

 

 

पोखरा महानगरपालिका–११ स्थित फूलबारी चोकबाट उक्त दिनै (जेठ १४ गते) पक्राउ परेका महर्जनसँगै प्र.३–०२–००७ प २०२९ नम्बरको स्कुटरसमेत बरामद गरिएको छ ।

 

पक्राउ परेका महर्जनलाई सवारी ज्यान सम्बन्धी कसूरमा सात दिनको म्याद थप गरी कास्की जिल्ला अदालतको आदेशमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
 

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्