पोखरा २२ का ५० परिवारलाई रोटरी क्लबकाे विद्युतिय चुल्हो सहयोग
पाेखरा | जेठ १८, २०८२
पोखरा: रोटरी क्लब अफ पोखरा न्यूरोडको आयोजना र पोखरा महानगरपालिका वडा नं. २२ को कार्यालयको सहकार्यमा उल्लेरी गाउँका ५० घरपरिवारलाई विद्युतिय चुल्हो सहित आवश्यक भाडाहरु वितरण गरेको छ ।
कार्यक्रमको प्रमुख अतिथि रोटरी इन्टरनेश्नल ३२९२ का गभर्नर इलेक्ट विनोद कोइरालाले सहभागिलाई २००० वाटको विद्युतिय चुल्हो, ३ लिटरको प्रेसर कुकर, दिउरी र कराई सहितको सेट सहभागीमध्ये जेष्ठ नागरिकलाई हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गरेका थिए ।
साथै उनले विद्युतबाट चल्ने भएकोले प्रयोगमा ल्याउन सुरु सुरुमा अप्ठ्यारो हुने भएकाले इलेक्ट्रिसियनको सहयोग लिनु पर्ने सुझाव दिदैं ग्यास र दाउरामा खाना पकाउन भन्दा सस्तो पर्ने समेत बताए ।
सो अवसरमा पोखरा महानगरपालिका वडा नं. २२ का वडा अध्यक्ष हिमलाल बरालले रोटरी क्लब संग सहकार्य गरेर आफ्नो वडालाई धुवा मुक्त भान्सा वनाउने अभियानमा जोडिन पाउनु नै गर्वको कुरा भएको बताए ।
उनले वातावरण जोगाउँदै स्वस्थ रहि आफ्नै देशमा उत्पादन भएको विजुलीको अधिकतम् उपयोग गर्नु पनि नागरिकको कर्तव्य भएको बताए ।
कार्यक्रममा रोटरी क्लब अफ पोखरा न्युरोडका अध्यक्ष दिपेन्द्र शर्माले आगामी वर्ष पोखरा २२ का सबै घर धुरी धुवा मुक्त बनाउन सबै वडावासीलाई विद्युतिय चुल्हो तथा अन्य आवश्यक किचन सामाग्रीहरु वितरण गर्ने योेजना रहेको बताए ।
क्लबका अध्यक्ष दिपेन्द्र शर्माको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेल, क्लबका पुर्व अध्यक्षहरु सुवास सिग्देल, गिता सिग्देल, कार्यक्रम संयोजक प्रेम प्रसाद शर्माले बाेलेको कार्यक्रमको संचालन सचिव वर्षा केशव पराजुलीले गरेका थिए ।
पोखरा: कास्की प्रहरीले पोखरा १७ ड्यामसाइडबाट ११ जनालाई जुवाखालबाट पक्राउ गरेको छ । जुवा खेल्ने र खेलाउने गरी ११ जनालाई नगद ३ लाख ४६ हजार ९ सय ६५ रुपैयाँसहित शनिबार पक्राउ ...
पाल्पामा भएको टिप्पर दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । शनिबार राति पाल्पाको माथागढी–७, रहबासमा लु २ ख ४५२५ नम्बरको टिप्पर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो । &nbs...
मध्यपूर्वमा तीन हप्तादेखि बढ्दो युद्धको बिचमा, इरानले आफ्नो आक्रमणलाई विश्वव्यापी पर्यटन र मनोरञ्जन स्थलमा फैलाउने धम्की दिएको छ । त्यसैबिच, अमेरिकाले यस क्षेत्रमा थप युद्धपोत र सैनिक पठाउने घोषणा गरेको छ । &nbs...

