बन्दको मारमा यात्रु: स्कर्टिङबाटै गन्तव्यमा पुर्‍याइँदै

पाेखरा | जेठ १९, २०८२

बन्दको मारमा यात्रु: स्कर्टिङबाटै गन्तव्यमा पुर्‍याइँदै

पोखरा:  गत १५ गतेदेखि सार्वजनिक यातायात बन्द गरिएपछि अलपत्र परेका यात्रुलाई गन्तव्यसम्म पुर्‍याउनका लागि आज (साेमबार) पनि स्कर्टिङ गरिएको छ ।

 

सार्वजनिक यातायात बचाउ संघर्ष समिति गण्डकी प्रदेशले १६ जेठदेखि गण्डकी प्रदेशमा सार्वजनिक यातायात बन्द गरेपछि पोखरामा अलपत्र परेका यात्रुलाई साेमबार बिहान १० बजेदेखि १७ वटा पर्यटक बसलाई स्कर्टिङ गरेर गन्तव्यमा पुर्‍याउन लागिएको हो ।

 

कास्की प्रहरी​का डिएसपी हरिबहादुर बस्नेतको कमाण्डमा अपलत्र परेका करिब ५ सय बढी यात्रुलाई काठमाडाैं र चितवन पठाइएकाे कास्की प्रहरीले जनाएको छ । 

 

गण्डकी प्रदेश सरकारले गत वैशाख ३० गते राइड सेयरिङ तथा सेल्फ ड्राइभ नियमन तथा व्यवस्थापनसम्बन्धी नियमावली जारी गरेपछि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको नेतृत्वमा सार्वजनिक सवारी साधन घर तथा ग्यारेजमा राखेका हुन् ।  

 

आजदेखि देशभर यात्रुबहाक र मालबहाक सार्वजनिक सवारी साधन ठप्प पारेका छन् । 

 

 

 

 

पोखरा:    कास्की प्रहरीले पोखरा १७  ड्यामसाइडबाट ११ जनालाई जुवाखालबाट पक्राउ गरेको छ ।   जुवा खेल्ने र खेलाउने गरी ११ जनालाई नगद ३ लाख ४६ हजार ९ सय ६५ रुपैयाँसहित शनिबार पक्राउ ...

थप पढ्नुहोस्

पाल्पामा भएको टिप्पर दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ ।   शनिबार राति पाल्पाको माथागढी–७, रहबासमा लु २ ख ४५२५ नम्बरको टिप्पर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो । &nbs...

थप पढ्नुहोस्

मध्यपूर्वमा तीन हप्तादेखि बढ्दो युद्धको बिचमा, इरानले आफ्नो आक्रमणलाई विश्वव्यापी पर्यटन र मनोरञ्जन स्थलमा फैलाउने धम्की दिएको छ । त्यसैबिच, अमेरिकाले यस क्षेत्रमा थप युद्धपोत र सैनिक पठाउने घोषणा गरेको छ । &nbs...

थप पढ्नुहोस्