फलोअप: वन क्याम्पसमा मृत भेटिएका युवक भिमादका मनोज भुजेल रहेको खुलासा
ट्याक्टर चालक र सहचालक पक्राउ
पाेखरा | जेठ २६, २०८२
पोखरा महानगरपालिका १५ स्थित वन विज्ञान अध्ययन संस्थान नजिकै सडकमा मृत फेला परेका युवक भिमादका २१ वर्षीय मनोज भुजेल रहेको खुलेको छ ।
ज्याला मजदुरी गर्दै आएका भुजेलको शव आज सोमबार बिहान भेटिएको थियो ।
त्यसपछि अनुसन्धान थालेको कास्की प्रहरीले दिउँसो करिब ११ बजे ट्याक्टरका चालक वालिङका २० वर्षीय पवनकर रानासहित र १४ वर्षीय बालक (सहचालक) लाई पक्राउ गरेको छ ।
अहिले उनीहरुमाथि प्रारम्भिक अनुसन्धान भइरहेको छ ।
सडकमा रक्ताम्मे अवस्थामा मृत भेटिएका भुजेललाई ह्यामर प्रयोग गरी हत्या गरिएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।
काठमाडौं: नेकपा एमालेको जारी ११ औं महाधिवेशनमा सोमबार बिहान ८ बजेबाट भृकुटी मण्डपमा सुरु हुँदैछ । पार्टीको निर्वाचन आयोगले आइतबार साँझ प्रकाशन गरेको मतदाताको अन्तिम नामावलीमा अहिले बिहान ९ बजेसम्म ...
पाल्पा: शुक्रबार बिहान पाल्पाको निस्दी गाउँपालिका–४ चिउरीबासमा भएको जिप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ। दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो भने उपचारका क्रममा शनिनबार थ...
भक्तपुर: नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन शनिबार भक्तपुरको सल्लाघारस्थित मैदानमा भव्य रुपमा भएको छ । देशैभरबाट आएका एमालेका नेता तथा कार्यकर्ता एवम् शुभ...

