पोखरामा तामाको तार चोरी आरोपमा ३ भारतीय र १ नेपाली पक्राउ
पाेखरा | जेठ २७, २०८२
पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले तामाकोक तार चोरी गरेको आरोपमा ३ जना भारतीय नागरिक र १ जना नेपालीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतको विहार स्थायी घर भई पोखरा १२ ढिकालेथर बस्ने २२ वर्षीय मनोज कुमार सिंह, सोही स्थानमै बस्ने भारतीय २७ वर्षीय करण कुमार शाह, पोखरा ८ बस्ने ४२ वर्षीय मुकेश कुमार र धादिङको खनियाबास गाउँपालिका २ स्थायी घर भई हाल पोखरा ५ जिरो किलो बस्ने ३१ वर्षीय श्याम बहादुर तामाङ रहेका छन् ।
उनीहरुलाई वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले गत २३ गते पक्राउ गरेको हो ।
कास्की प्रहरीलाई पोखरा १४ छिनडाँडामा रहेको नेपाल टेलिकमको कपर केवल र अन्य घरायसी समाग्री चोरी भएको भन्दै निवेदन परेको थियो ।
सोही निवदेनको आधारमा खोजतलास गर्दै मनोज कुमार सिंहले ढिकालेथरमा सञ्चालन गरेको र मुकेश कुमारले पृथ्वीचोकमा सञ्चालन गरेको कवाडी खानामा उक्त समानहरु बरामद गरिएको कास्की प्रहरीका प्रवक्ता तथा डिएसपी हरिबहादुर बस्नेतले जानकारी दिए ।
उनका अनुसार पक्राउ परेका ४ जनाविरुद्ध चोरी तथा डाँकासम्बन्धि मुद्धामा ७ दिनको म्याद थप गरि अनुसन्धान अघि बढाइएको छ ।
यी हुन् बरामद गरिएका समानहरु:-
पोखरा: कास्की प्रहरीले पोखरा १७ ड्यामसाइडबाट ११ जनालाई जुवाखालबाट पक्राउ गरेको छ । जुवा खेल्ने र खेलाउने गरी ११ जनालाई नगद ३ लाख ४६ हजार ९ सय ६५ रुपैयाँसहित शनिबार पक्राउ ...
पाल्पामा भएको टिप्पर दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । शनिबार राति पाल्पाको माथागढी–७, रहबासमा लु २ ख ४५२५ नम्बरको टिप्पर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो । &nbs...
मध्यपूर्वमा तीन हप्तादेखि बढ्दो युद्धको बिचमा, इरानले आफ्नो आक्रमणलाई विश्वव्यापी पर्यटन र मनोरञ्जन स्थलमा फैलाउने धम्की दिएको छ । त्यसैबिच, अमेरिकाले यस क्षेत्रमा थप युद्धपोत र सैनिक पठाउने घोषणा गरेको छ । &nbs...

