५० लाख मागेपछि...

पाेखरा | जेठ २९, २०८२

५० लाख मागेपछि...

पोखरा:   पोखरमा आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सर्टसन) सम्बन्धी कसूरमा जिल्ला प्रहरी कार्यालय कास्कीले तीन जनालाई पक्राउ गरेको छ । 


पोखरा महानगरपालिका–४ स्थित सुनचाँदी पसलमा काम गर्ने एक युवतीसहित ३ जनालाई कास्की प्रहरीले पक्राउ गरेको हो । 

 

पक्राउ परेकी ती युवतीले दुई जना केटासाथी सँग मिलेर आफूलाई पसलका सञ्चालकले यौन दुव्र्यवहार गरेको भन्दै ५० लाख रुपैयाँ माग्नुपर्छ भनि योजना बनाएको खुलेको छ। सोही योजना अनुसार मोरङ र संखुवासभाका २ जना केटासाथीसँग मिलेर सुनचाँदी पसलका सञ्चालककी श्रीमतीलाई होटलमा बोलाएका थिए। 


ती महिलाले आफ्नो लागि जीनदगीभरको लागि पुग्ने धनसम्पत्ती, बस्ने घर र व्यवसायको लागि व्यवस्था गरिदिन माग गरेका थिए। यसका लागि ५० लाख रुपैयाँ नदिए श्रीमानलाई जबर्जस्ती करणीको मुद्दामा फसाइदिने धम्की दिएका थिए।


पीडित महिलाले यसरी रकम माग गरेको जानकारी जिल्ला प्रहरी कार्यालय कास्कीमा गराएकी थिइन्। त्यसपछि खटिएको प्रहरीले कास्कीको पोखरा महानगरपालिका १५ टुटुङ्गाकी २७ वर्षीया मरियम राई, मोरङको बिराटचोकका ३८ वर्षीय देव लिम्बु र संखुवासभाको सभापोखरी गाउँपालिका २ का ४० वर्षीय टेकबहादुर सुवेदीलाई पक्राउ गरेको छ। 


उनीहरुविरुद्ध थप अनुसन्धानका लागि जिल्ला अदालत कास्कीबाट ७ दिनको म्याद लिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले बताए। उनीहरुलाई आपराधिक विश्वासघात र आपराधिक लाभ सम्बन्धि कसुरमा अनुसन्धान अगाडी बढाएको कास्की प्रहरीले जनाएको छ । 


प्रहरीले उनीहरुको साथबाट रकम बार्गेनिङ गरेको अडियो समेत फेला पारेको छ।
 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्